लगातार ओरालो लागेको धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक बिहीबार भने उच्च अङ्कले वृद्धि भएको छ । अघिल्लो साता र यस साताको चार कारोवार दिनमा करेक्सन भएको नेप्सेमा भने झण्डै ९१ अङ्कको सुधार भएको हो ।
साताको अन्तिम दिन आज नेप्से ९०.६७ अङ्कले बढेर दुई हजार ५०६.६८ पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक १४.६७ अङ्कले बढेर ४५१.४६ मा पुगेको छ । कुल २०६ कम्पनीको एक करोड ६६ लाख २२ हजार ७६३ कित्ता शेयर रु छ अर्ब पाँच करोड ८१
लाख चार हजार ३१७ मा खरिद बिक्री भयो । आजको कारोवारपछि बजार पूँजीकरण रु ३४ अर्ब ५३ अर्ब ७४ करोड ३६ लाख ४० हजार बराबर पुगेको छ ।
कारोवार भएका कूल १३ उपसमूहकै शेयर उकालो लागेको छ । बैंकिङ ५२.०४, व्यापार २५६.७१, होटल एण्ड टुरिजम ६४.८७, विकास बैंक ६१.९९, जलविद्युत् ९१.१९, वित्त ३१.०१, निर्जीवन बीमा ३२४.४६, उत्पादन १९०.६८, अन्य १०३.६७, लघुवित्त २०९.०६, जीवन बीमा ५७१.९५, सामूहिक लगानी कोष ०.०२ र लगानी ४.९१ अङ्कले बढेको छ ।
कारोवार रकमका आधारमा नेपाल पूर्वाधार बैंक शीर्ष स्थानमा रह्यो । सो बैंकको शेयर रु ५३ करोड २३ लाख ९० हजार ६७६ मा खरिद बिक्री भयो । यस्तै शिखर इन्स्योरेन्स रु २४ करोड ४४ लाख ९१ हजार १०७, नविल बैंक रु २० करोड १७ लाख १८ हजार ८८९, नेपाल दूरसञ्चार कम्पनी रु १९ करोड ८३ लाख ४९ हजार ५१६, नेपाल लाइफ इन्स्योरेन्स रु १७ करोड ९६ लाख ७६ हजार ३७२, ग्लोबल आइएमई बैंक रु १७ करोड ४४ लाख ९९ हजार २९३ र नेपाल पुनर्बीमा कम्पनीको शेयर रु १५ करोड ९७ लाख ७९ हजार ४०४ बराबरको कारोबार भई शीर्ष स्थानमा रह्यो ।
कारोवारका आधारमा आज सूर्योदय लघुवित्त, लिबर्टी इनर्जी र चन्द्रागिरि हिल्स लिमिटेडका शेयरधनीले समान १०÷१० प्रतिशतले कमाए । यस्तै किसान लघुवित्त ९.७९, इन्फिनिटी लघुवित्त ९.७१, हिमालयन पावर पार्टनर ९.६७, श्री इन्भेष्टमेन्ट फाइनान्स ९.४३, नेशनल हाइड्रो पावर कम्पनी ९.४०, निर्धन उत्थान लघुवित्त ९.२८ र नेरुडे लघुवित्त विकास बैंकका लगानीकर्ताले ९.०४ प्रतिशतले कमाए ।
त्यस्तै एनएमबी-५० का लगानीकर्ताले सर्वाधिक ३.४५ प्रतिशतले गुमाउँदा आइसीएफसी फाइनान्स डिबेञ्चर १.७६, ग्लोबल आइएमइ समुन्नत स्किम १.४८, सोल्टी होटल १.४७, नेपाल इन्भेष्टमेन्ट डिबेन्चर १.०९, नविल इक्विटी फण्ड १.०८, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ ०.२९, नेपाल एसबिआई डिबेञ्चरका लगानीकर्ताले ०.२९ प्रतिशतले गुमाए ।
पछिल्लो समयमा नेपालबाट हुने अन्तर्राष्ट्रिय उडानहरूमा पिसिआर रिपोर्ट पोजेटिभ भएका व्यक्तिहरूलाई नेगेटिभ रिपोर्ट बनाउँदै गन्तव्यतर्फ उडाउने गिरोह सक्रिय रहेको पाइएको छ ।
यस्तो गिरोहमा ट्राभल एजेन्सी, ल्याब र मानवतस्करी गर्ने व्यक्तिहरू सक्रिय रहेको देखिएको छ ।
बागलुङ-पर्वत जोड्ने झोलुङ्गे पुल तरेवापत शुल्क लिने निर्णयबाट बागलुङ नगरपालिका पछि हटेको छ । नगर कार्यपालिकाको निर्णयानुसार मङ्गलबारदेखि पूर्वाधार उपयोग कर शीर्षकमा प्रतियात्रु २० लिन थालेको थियो ।
जनस्तरबाट व्यापक विरोध भएपछि अर्को व्यवस्था नभएसम्मका लागि
काठमाडौं । प्रसिद्ध उद्योगी व्यवसायी एबं बैंकर्स शंभु बिक्रम थापा नेपाली कांग्रेसमा प्रवेश गर्नु भएको छ । उहाँ नेपाली कांग्रेसका केन्द्रीय सदस्य एबं पूर्व गृह राज्यमन्त्री बिष्णु बिक्रम थापा का भाइ हुनुहुन्छ । आज नेपाली काङ्ग्रेस
काठमाडौं । नाम चलेका कस्मेटीकको खोलमा नक्कली कस्मेटीक बनाएर बिक्री गर्ने कम्पनीका मुख्य व्यक्ति४० लाख धरौटीमा छुटेका छन् । अनुसन्धान पुर्ण भएपछि थप कारबाही अघि बढाउने गरी पक्राउ परेका चेतनाथ गोयललाई धरौटीमा छोडिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता
काठमाडौं । कोभिड–१९ को दोस्रो लहरसँगै लकडाउन हुने र पहिलेको जस्तै अभावले ग्रस्त हुने डरले उपत्यका बाहिरिनेको संख्या बढेको छ ।
पछिल्लो २४ घण्टामा २ हजार २ सय २० जना कोभिड १९ बाट संक्रमित भएका छन्
काठमाडौँ । उच्च अदालत पाटनले समाचार छापेकै आधारमा पत्रकारमाथि धरपकड नगर्न आदेश गरेको छ । उच्च अदालत पाटनका मुख्य न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले समाचार छापेकै आधारमा कानुन विपरीत हुनेगरी धरपड गर्ने कार्य नगर्न/नगराउन भनी आदेश गरेको
काठमाडौँ । चन्द्रागिरी हिल्स लिमिटेडले केवलकारको टिकटमा कोभिड–१९ विरुद्धको खोप लगाउनेलाई २५ प्रतिशत छुट दिने भएको छ । उक्त सुविधका लागि खोप कार्ड टिकट काउन्टरमा पेश गर्नुपर्ने कम्पनीले उल्लेख गरेको छ ।
कोभिड–१९ विरुद्धको लडाइँमा ऐक्यवद्वता
काठमाडौँ । सरकारले यहि आर्थिक वर्षमा भूकम्पबाट क्षतिग्रस्त भएका सात हजार ५५३ विद्यालय पुनःनिर्माणको काम सम्पन्न गर्ने भएको छ ।
शिक्षा पत्रकार सञ्जाल, नेपालले आयोजना गरेको कार्यक्रममा राष्ट्रिय पुनःनिर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन एकाइ आयोजना (शिक्षा) का
कैलालीमा दुई थान भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गौरीगङ्गा नगरपालिका–७ बस्ने वीरबहादुर थापामगर रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
गौरीगङ्गा नगरपालिका–९ स्थित शिवशङ्कर सामुदायिक वनमा थापामगर र इन्द्रबहादुर विक
काठमाडौं । वैशाख १५ गतेदेखि खुला मञ्चमा रहेको बसपार्क हट्ने भएको छ । बिहीबार काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीको अध्यक्षतामा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी महाशाखाका अधिकारीबीचको बैठकले यस्तो निर्णय गरेको हो ।