बिहिबार, अशोज १३, २०७९ | Thursday 29th September 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • धादिङ डोजर काण्ड : परिवारले शव बुझेन, गाउँपालिका कार्यलयमा तालाबन्दी
भर्खरै

धादिङ डोजर काण्ड : परिवारले शव बुझेन, गाउँपालिका कार्यलयमा तालाबन्दी

  • सिधा दृष्टी बुधबार, फाल्गुन १९, २०७७ | March 3, 2021

धादिङ सल्यानटारमा डोजरको ठक्करपछि ज्यूँदै पुरिएकी सरस्वती कुमालको शव परिवारले बुझ्न मानेको छैन । मृतक कुमालको परिवारले दोषीमाथि कारवाहीको सुनिश्चितता नहुँदासम्म शव नबुझ्ने बताएको छ ।

कुमालको शव अहिले प्राथमिक स्वास्थ्य केन्द्र सल्यानटारमा राखिएको छ ।

मृतकको परिवार, आफन्त र स्थानीयले दोषीमाथि कारवाही र क्षतीपूर्तिको माग राख्दै त्रिपुरासुन्दरी गाउँपालिका कार्यालयमा ताला लगाएका छन् ।

सोमबार दिउँसो गाउँपालिकाले निर्माण गरिरहेको धादिङवेशी सल्यानटार सडक खण्ड निर्माणमा प्रयोग भएको डोजरको ठक्करबाट घाइते कुमाललाई चालकले ज्यूँदै खाल्डोमा पुरेर मारेको आरोप लगाइएको छ

। चालक फरार छन् ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय