धादिङको गजुरी बजारमा आगामी चैत्र १२ गते देखि २४ गते सम्म गजुरी महोत्सव-२०७७ हुने भएको छ । साना तथा मझौला व्यवसायी महासंघ धादिङले घरेलु तथा मझौला उद्योगबाट उत्पादित सामाग्रीहरुको प्रदर्शनी गर्ने उद्देश्यका साथ महोत्सवको आयोजना गरिएको जनाएको छ ।
महोत्सव आयोजक समितिका संयोजक सुमित श्रेष्ठले गजुरीमा आयोजित पत्रकार सम्मेलनमा गजुरी महोत्सव-२०७७ को बारेमा जानकारी दिए । महोत्सवबाट प्राप्त आम्दानी स्थानीय सरकारको साझेदारीमा सामाजिक कार्यमा लगानी गरिने संयोजक श्रेष्ठको भनाई छ ।
महोत्सवको मुख्य आकर्षणको रुपमा घरेलु तथा मझौला
उद्योगबाट उत्पादित वस्तुहरुको प्रदर्शनी हेलिकप्टरबाट दृश्यालोकन, विभिन्न खेल तथा मनोरञ्जन कृषि प्रदर्शनीका साथै राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुती रहने बताइएको छ ।