बुधबार, अशोज १२, २०७९ | Wednesday 28th September 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • बलिउड कारकार, निर्माता र निर्देशकको घरमा आयकर विभागको छापा
भर्खरै

बलिउड कारकार, निर्माता र निर्देशकको घरमा आयकर विभागको छापा

  • सिधा दृष्टी बुधबार, फाल्गुन १९, २०७७ | March 3, 2021

मुम्बई, एजेन्सी । बलिउड निर्देशक अनुराग कश्यप, निर्माता विकास बहल र अभिनेत्री तापसी पन्नुको घरमा आयकर विभागले छापा मारेको छ । यो छापामारी फिल्म ‘फेन्टम’सँग सम्बन्धित रहेको छ ।

अमर उजालामा प्रकाशित समाचारअनुसार विकास बहल यो प्रोडक्सन हाउसको संस्थापक हुन् भने अनुराग कश्यप यसका मालिक हुन् । यद्यपि अभिनेत्री तापसीको घरमा छापा मार्नुको कारण खुलेको छैन ।

भारतको मुम्बई र पुणेका २२ स्थानमा आयकर विभागले कर छलीको आशंकमा छापामारी रहेको छ । यी कलाकारविरुद्ध ठूलो मात्रामा आयकर छलीको आरोप छ

उनीहरुको मुम्बई र मुम्बई बाहिर रहेका स्थानमा छापा मार्ने काम सुरु गरिएको छ । यो छापा मार्ने अभियानमा यी कलाकार भन्दा ठूला कलाकारको नाम पनि जोडिन सक्ने अवस्था आइरहेको बताइएको छ ।

सामाजिक सञ्जालमा अनुराग र तापसी निकै सक्रिय छन् । दुवैले ‘साण्डकी आँख’ र ‘ममर्जियाँ’ जस्ता सफल फिल्म एकसाथ बनाइसकेका छन् । फिल्म ‘दोबारा’मार्फत दुवैजना पुनः एकपटक दर्शकमाझ आउदैछन् ।

 

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय