शुक्रबार, अशोज २१, २०७९ | Friday 7th October 2022
जोडिनुहोस
Trending
भर्खरै

युभेन्ट्ससंग स्पेजिया पराजित

  • सिधा दृष्टी बुधबार, फाल्गुन १९, २०७७ | March 3, 2021

काठमाडौँ । क्रिस्टियानो रोनाल्डोले कीर्तिमान राखेको खेलमा सिरी ए फुटबलमा युभेन्ट्सले सहज जित हात पारेको छ ।

घरेलु मैदान भएको खेलमा युभेन्ट्सले स्पेजियालाई ३–० ले हराएको हो । सबै गोल दोस्रो हाफमा सम्भव भएको हो ।

यभेन्ट्सका लागि ६२औँ मिनेटमा अल्भारो मोराटा, ७१औँ मिनेटमा फेडेरिको चिएसा र ८९औँ मिनेटमा रोनाल्डोले गोल गरे ।

पछिल्लो गोलसँगै रोनाल्डोले युरोपका शीर्ष पाँच लिगमा पछिल्लो १२ सिजनमा कम्तीमा २० गोल गर्ने पहिलो खेलाडीको कीर्तिमान बनाएका छन् ।

जितपछि तेस्रो स्थानको युभेन्टसले शीर्ष स्थानको इन्टर

मिलानसँगको दूरी सात अंकमा झारेको छ ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय