सोमवार, अशोज १७, २०७९ | Monday 3rd October 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • तीन महिने छोराको हत्या, बुबा प्रहरी नियन्त्रणमा
भर्खरै

तीन महिने छोराको हत्या, बुबा प्रहरी नियन्त्रणमा

  • सिधा दृष्टी मङ्लबार, फाल्गुन १८, २०७७ | March 2, 2021

बुबाको कुटाइबाट बैतडीमा मंगलबार तीन महिने छोराको ज्यान गएको छ । ज्यान जानेमा पञ्चेश्वर गाउँपालिका-७ खनाडीका तीन महिनाका शिशु लक्ष्मण चन्द रहेका छन् । लक्ष्मणको उनका ४४ वर्षीय बुबा राजबहादुरले हत्या गरेका हुन् ।

राजबहादुरलाई प्रहरीले पक्राउ गरिसकेको छ । उनलाई घरबाटै पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिँदै उनले अभियुक्तले सुतिरहेका छोराको टाउकोमा हानेको जानकारी दिए ।

यस्तै राजबहादुरले आजै आफ्ना ७० वर्षीय बुबा मन्धिर र ४० वर्षीय भाइ गोरखलाई समेत कुटपिट गरेका छन् ।

लक्ष्मणमाथि आक्रमण गरिरहेका बेला नगर्नु भनेर भन्दा उल्टै राजबहादुरले बुबा र भाइमाथि पनि आक्रमण गरेका हुन् ।

बुबाको टाउकामा चोट रहेको र उनको जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । भाइलाई सामान्य चोट लागेको छ । राजबहादुरले मारेका छोरा तीन छोरीपश्चात् जन्मेका हुन् । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय