सोमवार, जेष्ठ १५, २०८० | Monday 29th May 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • अमेरिकामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५ लाख २७ हजार बढी
भर्खरै

अमेरिकामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५ लाख २७ हजार बढी

  • सिधा दृष्टी मङ्लबार, फाल्गुन १८, २०७७ | March 2, 2021

काठमाडौँ । संयुक्त राज्य अमेरिकामा कोरोनाले मृत्यु हुनेको संख्या ५ लाख २७ हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा १ हजार ४४३ संक्रमितको मृत्यु भएसँगै अमेरिकामा कोरोनाले ज्यान गुमाउने संक्रमितको संख्या ५ लाख २७ हजार २२६ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ५३ हजार १४७ जनामा संक्रमण पुष्टि भएको छ । यसअघि २७ मंसिरमा एकैदिन अहिलेसम्मकै धेरै ३ लाख ८६ हजार ६५४ जनामा संक्रमण भएको थियो ।

पछिल्लो वृद्धिसँगै अमेरिकामा संक्रमितको संख्या २ करोड ९३ लाख नाघेको छ ।

संक्रमितमध्ये अहिलेसम्म १ करोड ९८ लाख १७ हजार ५३२ जना संक्रमणमुक्त भएका छन् ।

उपचार गराइरहेका ८९ लाख ६९ हजार ४९६ जनामध्ये १४ हजार ५४५ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय