बिहिबार, अशोज १३, २०७९ | Thursday 29th September 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • खैरो हिरोइनसहित कुख्यात भारतीय अभियुक्त पक्राउ
भर्खरै

खैरो हिरोइनसहित कुख्यात भारतीय अभियुक्त पक्राउ

  • सिधा दृष्टी मङ्लबार, फाल्गुन १८, २०७७ | March 2, 2021

कञ्चनपुर प्रहरीले लागुऔषध खैरो हिरोइनसहित तीन भारतीय युवकलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरी टोलीले बेलौरी नगरपालिका–१ वैशाखी शाही चोकमा युपी ३१ बिएफ २४२७ नम्बरको मोटरसाइकलमा लागुऔषध लिएर सवार भारतको लख्मिपुर खिरी सम्पूर्णानगरका तीन युवकलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक उमाप्रसाद चर्तुवेदीले प्रहरी टोलीले लामो समयदेखि नेपालमा लागुऔषध पैठारी गर्ने गिरोहका भारत सम्पूर्णानगरका २६ वर्षीय धर्मेन्द्र कुमार (डाक्टर नामले परिचित) लाई पक्राउ गरिएको जानकारी दिए । धर्मेन्द्रसँगै प्रहरीले भारतीय युवक

२५ वर्षीय शुभम् भसिंन र ३० वर्षीय नितिन कुमारलाई नियन्त्रणमा लिएको छ । प्रहरीले उनीहरुको साथबाट झण्डै १० ग्राम खैरो हिरोइन र रु ४२ हजार ४०० नगदसमेत बरामद गरेको जनाएको छ ।

डाक्टर नामले चिनिने धर्मेन्द्र लागुऔषध कारोवार गर्ने गिरोहका कुख्यात युवक भएका र यसअघि पनि थुप्रै घटनामा संलग्न व्यक्ति रहेको प्रहरीले खुलासा गरेको छ । प्रहरीले अभियुक्तलाई हिरासतमा लिएर अनुसन्धान शुरु गरिसकेको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले लागुऔषध नियन्त्रणका लागि विगत केही महिनायता आफ्नो सक्रियता बढाएसँगै दिनहुँजसो लागुऔषधसहित अभियुक्त पक्राउ परिरहेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय