शनिबार, जेष्ठ २०, २०८० | Saturday 3rd June 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • म्यानमारमा प्रर्दशनकारीलाई प्रहरीले फेरी गोली चलायो, २ जनाको मृत्यु
भर्खरै

म्यानमारमा प्रर्दशनकारीलाई प्रहरीले फेरी गोली चलायो, २ जनाको मृत्यु

  • सिधा दृष्टी आइतवार, फाल्गुन १६, २०७७ | February 28, 2021

एजेन्सी । म्यानमारमा प्रहरीले आइतबार सैनिक शासनविरूद्ध प्रदर्शन गरिरहेका नागरिकमाथि दमन गरेको छ। आइतबार प्रहरीले चलाएको गोली लागेर कम्तिमा दुई जनाको मृत्यु भएको र अरू दर्जनौं घाइते भएको समाचार संस्था रोयटर्सले जनाएको छ।यंगुनका विभिन्न स्थानमा अश्रु ग्यास प्रहार गर्दा पनि भीड तितरबितर नभएपछि प्रहरीले गोली चलाएको थियो। मृतकको संख्या अझै बढ्न सक्ने समाचारहरूमा जनाइएको छ।

फेब्रुअरी १ मा भएको सैनिक कूको विरोधमा काम छोडेका चिकित्सकहरू आन्दोलनकारी घाइते भएपछि उनीहरूको उपचार गर्न इमरजेन्सी वार्डमा गएका छन्।प्रहरीले देशका अन्य भागमा पनि आन्दोलन

दबाउन गोली चलाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

यसअघि नै प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागेर तीन जना प्रदर्शनकारीको मृत्यु भइसकेको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय