आइतवार, जेष्ठ २१, २०८० | Sunday 4th June 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • राजीनामा नगरी प्रधानमन्त्री ओलीले कसरी संसदमा मुख देखाउलान् बरिष्ठ नेता पौडेल
भर्खरै

राजीनामा नगरी प्रधानमन्त्री ओलीले कसरी संसदमा मुख देखाउलान् बरिष्ठ नेता पौडेल

  • सिधा दृष्टी शनिबार, फाल्गुन १५, २०७७ | February 27, 2021

काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले नैतिकताको आधारमा राजीनामा दिएर मात्रै प्रतिनिधि सभाको बैठकमा आउन सक्ने बताएका छन् । कांग्रेसको पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता पौडेलले यस्तो बताएका हुन् ।

‘प्रधानमन्त्रीको राजीनामाबारे हामीले बोलिसकेका छौँ । मैले बोलिसकेको छु, सभापतिज्यूले बोलिसक्नु भएको छ,’ उनले भने, ‘नैतिकता हो भने आफैँले भंग गरेको संसद कसरी जानु हुन्छ ? कुन मुखले जानुहुन्छ ?’ उनले सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनस्थापना गरेर देशलाई ठूलो संकटबाट जोगाएको पनि बताए

‘सर्वोच्च अदालतले लोकतन्त्र र संसदीय प्रणालीलाई बचाएको छ यसमा सन्तोष मिलेको छ’ उनले भने । नेकपाको दाहाल(नेपाल समूह र ओली समूहले कांग्रेसलाई प्रधानमन्त्रीका लागि प्रस्ताव नगरेको पनि उनले दाबी गरे ।

‘संसदीय प्रक्रिया केही सुरु भएको छैन । संसदीय प्रक्रिया सुरु नभएसम्म नेपाली कांग्रेसले गर्ने भूमिका केही छैन । त्यसकारण संसदीय प्रक्रिया सुरु भएपछि हाम्रो पार्टीले सल्लाह गरेर निर्णय गर्छ,’ उनले भने, ‘संसदीय प्रणालीको प्रक्रिया आएपछि कांग्रेसले के गर्ने भन्ने आउँछ । यहाँ छोरो नजन्मी कन्दनी बाट्ने कुरा गर्न त भएननि ।’

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय