सोमवार, अशोज १७, २०७९ | Monday 3rd October 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • व्यवसायीक कृषि फर्म सञ्चालनका लागि चन्द्रागिरी नगरपालिकाले ७५ प्रतिशत अनुदान उपलब्ध गराउने
भर्खरै

व्यवसायीक कृषि फर्म सञ्चालनका लागि चन्द्रागिरी नगरपालिकाले ७५ प्रतिशत अनुदान उपलब्ध गराउने

  • सिधा दृष्टी शनिबार, फाल्गुन १५, २०७७ | February 27, 2021

काठमाडौं । चन्द्रागिरी नगरपालिकाले आफ्नो पालिका भित्र का ४८ वटा काउ म्याट व्यवसायीक कृषि फर्मलाई अनुदान उपलब्ध गराउने भएको छ ।

नगरपालिकाले सूचना जारी गर्दै अनुदान प्राप्तीका लागि फागुन २७ गते भित्र लिखित प्रस्ताव पेश गर्न आव्हान गरेको छ । छनौट भएका कृषि फर्मलाई नगरपालिकाले ७५ प्रतिशत अनुदान उपलब्ध गराउने छ भने कृषक स्वयमले २५ प्रतिशत लगानी गर्नु पर्ने छ ।

प्रस्ताव पेश गर्दा १० कोे हुलाक टिकट टाँसनु पर्ने , २५ प्रतिशत कृषकले आफैंले बेहोर्नुपर्ने , गत आवमा काउ

म्याट प्राप्त नगरेका कृषकहरु, नागरिकताको प्रतिलिपि , फर्मको संक्षिप्त योजना, ५ देखि २० वटा दुहुना गाई पालेका हुनु पर्ने र २ देखि ३ रोपनी क्षेत्रफलमा घाँस लगाएको हुनु पर्ने लगायतका प्रावधान राखिएको छ । दैनिक ५० लिटर दुध उत्पादन गरेको हुनुपर्ने, जग्गाको स्वामित्व देखिने प्रमाणपत्र हुनु पर्ने, लिजमा जग्गा लिएकाहरुको हकमा पाँच वर्षको करार सम्झौता भएको हुनु पर्ने , सम्बन्धित निकायमा फार्म , व्यवसाय दर्ता भएको हुनु पर्ने, प्यान नम्बर वा नविकरण भएको हुनु पर्ने, वडामा दर्ता भएको र वडाको रिफारिस र पशुबिमा प्रमाणपत्र सहित नगरपालिका निवेदन दिनुपर्ने सूचनामा भनिएको छ ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय