शुक्रबार, अशोज २१, २०७९ | Friday 7th October 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • पश्चिमी वायूको प्रभाव : ३ दिन वर्षा र हिमपातको सम्भावना
भर्खरै

पश्चिमी वायूको प्रभाव : ३ दिन वर्षा र हिमपातको सम्भावना

  • सिधा दृष्टी शनिबार, फाल्गुन १५, २०७७ | February 27, 2021

नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव देखिएको छ। हाल देशका पहाडि भू-भागमा आंशिकदेखि सामान्य बदली रही अन्य भू-भागहरूमा मौसम सामान्यतया सफा  रहेको छ। तराइका थोरै स्थानहरुमा हल्का कुहिरो हुस्सु लागेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार दिउँसो देशका पहाडी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहनेछ। पहाडी भू-भागका एक–दुई स्थानमा मेघगर्जन तथा चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडि तथा हिमाली भू-भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ

राती देशका पहाडी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहनेछ। पहाडी भू-भागका एक–दुई स्थानमा मेघगर्जन तथा चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडि तथा हिमाली भू-भागका एक – दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

आइतबार दिउँसो प्रदेश १ का पहाडि भू-भागहरुमा सामान्य बदली रही बागमती तथा गण्डकी प्रदेशका पहाडि भू-भागहरूमा आंशिक बदली र बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ का पहाडि भू-भागका एक–दुई स्थानमा मेघगर्जन तथा चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाद्वारा जारी मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।

राती प्रदेश १ का पहाडी भू-भागहरुमा सामान्य बदली रही बागमती तथा गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली र बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ का पहाडी भू-भागका एक–दुई स्थानमा मेघगर्जन तथा चट्टयाङ सहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

सोमबार दिउँसो प्रदेश १, गण्डकी र सुदुरपस्चिम प्रदेशकाका पहाडी भू-भागहरुमा आंशिक बदली र बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहनेछ।
राती प्रदेश १, गण्डकी र सुदुरपस्चिम प्रदेशका पहाडी भू-भागहरुमा आंशिक बदली र बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहनेछ। पहाडी भू-भागका एक–दुई स्थानमा मेघगर्जन तथा चट्टयाङसहित हल्का वर्षा साथै देशका उच्च पहाडी तथा हिमाली भू-भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय