सोमवार, जेष्ठ १५, २०८० | Monday 29th May 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • विश्व बैंक र नेपाल सरकारका बीच कार्वन व्यापार सम्झौता, पाँच अर्व रुपैयाँ पाउने
भर्खरै

विश्व बैंक र नेपाल सरकारका बीच कार्वन व्यापार सम्झौता, पाँच अर्व रुपैयाँ पाउने

  • सिधा दृष्टी शुक्रबार, फाल्गुन १४, २०७७ | February 26, 2021

काठमाडौं । सरकारले कार्बनडाइअक्साइड बिक्रीका लागि विश्व बैंकसँग सम्झौता गरेको छ ।

रूखले सोसेर राखेको कार्बनडाइअक्साइड बिक्री गर्न सम्झौता गरिएको विश्‍व बैंकले जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिटन कार्बनडाइअक्साइडको मूल्य ५ सयअमेरिकी डलर (५८ हजार रुपैयाँ) तोकिएको सम्झौतामा वन तथा वातावरण मन्त्रालयका सचिव विश्वनाथ ओली र विश्व बैंकका राष्ट्रिय निर्देशक फरिस हदद(जेर्भोसले सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

सम्झौतामा वन संरक्षणमार्फत उत्सर्जन घटाई कार्बन सञ्चिति बढाएबापत नेपालले उक्त रकम प्राप्त गर्न लागेको उल्लेख गरिएको छ । नेपालले ९० लाख टन

कार्बनडाइअक्साइड बिक्री गरेर ४५ मिलियन डलर अर्थात् करिब ५ अर्ब रुपैयाँ प्राप्त गर्नेछ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय