बिहिबार, अशोज १३, २०७९ | Thursday 29th September 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • मन्त्रिपरिषद् बैठक बस्दैं, संसद आव्हानका लागि सिफारिसको संभावना
भर्खरै

मन्त्रिपरिषद् बैठक बस्दैं, संसद आव्हानका लागि सिफारिसको संभावना

  • सिधा दृष्टी शुक्रबार, फाल्गुन १४, २०७७ | February 26, 2021

काठमाडौँ । आज साँझ मन्त्रिपरिषद्को बैंठक बस्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।

साँझ ५ बजेका लागि बैठक बोलाएको युवा तथा खेलकुद मन्त्री दावा तामाङ जानकारी दिए । बैठकको एजेण्डा बारेमा भने केही पनि नबताइएको उनले बताए । बैठकले प्रतिनिधिसभा बैठक आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने सम्भावना रहेको छ ।

गत मंगलबार सर्वोच्च अदालतले संसद पुनःस्थापना भएको १३ दिनभित्र बैठक बोलाउन सरकारलाई आदेश दिएको थियो । त्यसबारे छलफल गर्न प्रधानमन्त्री ओली बिहीबार साँझ राष्ट्रपति

विद्यादेवी भण्डारीसँग भेट गर्न शीतल निवास पुगेका थिए ।

राष्ट्रपति र प्रधानमन्त्रीबीच प्रतिनिधिसभा बैठक बेलाउने विषयमा छलफल भएको बुझिएको छ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय