बुधबार, अशोज १२, २०७९ | Wednesday 28th September 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • ब्रेक्इङ न्युज
  • काँग्रेस सभापति देउवासंग भेटे भारतीय र चिनियाँ राजदूतले
ब्रेक्इङ न्युज

काँग्रेस सभापति देउवासंग भेटे भारतीय र चिनियाँ राजदूतले

  • सिधा दृष्टी शुक्रबार, फाल्गुन १४, २०७७ | February 26, 2021

काठमाडौं । संसद पुनःस्थापनासँगै नेपालमा भएको पछिल्लो राजनीतिक घटनाक्रमपछि चीन र भारतीय राजदूतहरुको पनि सक्रियता बढेको छ ।

यसैबीच भारतीय राजदुत विनय मोहन क्वात्रा र चीनकी राजदूत होउ यान्छीले पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई छुट्टाछुट्टै भेटेका छन् । दुवैले देउवा निवास बूढानीलकण्ठ पुगेर नेपालको पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गरेको स्रोतले जनाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेकी थिइन् । संसद विघटनविरुद्ध अदालतमा १३ वटा रिट परेका थिए ।

ती रिटउपर फैसला सुनाउँदै सर्वोच्च अदालतले फागुन ११ गते संसद विघटन गर्ने सरकारको निर्णय बदर गरेको थियो ।

हिजै नेकपा(प्रचण्ड–नेपाल समूह)का अध्यक्षद्धय पुष्पकमल दाहाल र माधव नेपाल पनि देउवा निवास पुगेर देउवासँग भेटवार्ता गरेका थिए ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय