सोमवार, जेष्ठ १५, २०८० | Monday 29th May 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • म्यानचेस्टर युनाइटेड र आर्सनल अन्तिम १६ मा
भर्खरै

म्यानचेस्टर युनाइटेड र आर्सनल अन्तिम १६ मा

  • सिधा दृष्टी शुक्रबार, फाल्गुन १४, २०७७ | February 26, 2021

इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड र आर्सनलले बिहीबार युरोपा कपको अन्तिम १६ को यात्रा तय गरेका छन् । म्यानचेस्टरले रियल सोसिडाडसँग गोलरहित बराबरी खेलेपछि समग्रमा ४–० ले अगाडि रहेर अर्को चरण पुगेको हो ।

त्यस्तै आर्सनलले बेनफिकालाई ३–२ ले हरायो । टोली समग्रमा ४–३ को अग्रता लिन सफल रह्यो । लेस्टर सिटी भने प्रतियोगिताबाट बाहिरिएको छ । स्लाभिया प्रागसँग २–० ले पराजित भएपछि उसको चुनौती समाप्त भएको हो ।

स्लाभिया समग्रमा २–० ले अगाडि रह्यो । बिहीबारका खेलबाट रेन्जर्स, आयाक्स, ग्रेनेडा, भिल्लारियल, योङ ब्वाइज र डायनामो

किभ पनि अन्तिम १६ पुगेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय