सोमवार, अशोज १७, २०७९ | Monday 3rd October 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • हरेक स्थानीय तहमा प्राविधिक विद्यालय सञ्चालन गर्ने मुख्यमन्त्री पौडेलको उद्घोष
भर्खरै

हरेक स्थानीय तहमा प्राविधिक विद्यालय सञ्चालन गर्ने मुख्यमन्त्री पौडेलको उद्घोष

  • सिधा दृष्टी बिहिबार, फाल्गुन १३, २०७७ | February 25, 2021

वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले हरेक स्थानीय तहमा कम्तीमा एउटा प्राविधिक शिक्षालय सञ्चालन गरिने बताएका छन् ।

हेटौँडामा भूकम्पका कारण पूर्ण रुपमा क्षति भई पुनःनिर्माण हुन लागेको महेन्द्र माध्यामिक विद्यालय पदम पोखरीको २१ कोठे भवन शिलान्यास गर्दै मुख्यमन्त्री पौडेलले श्रम बजारमा बिक्ने खालको शिक्षामा जोड दिनसके विद्यालयलाई बेरोजगार उत्पादन गर्ने थलोको रुपमा नभइ दक्ष जनशक्ति उत्पादन गर्ने थलोको रुपमा बुझाउन सकिने धारणा राखे । विद्यालयले ज्ञानसँगै सीपसमेत दिनसक्नुपर्ने उनको भनाइ थियो ।

प्राविधिक शिक्षामा पनि फरकपन दिनसक्नुपर्ने उल्लेख

गर्दै उनले प्राविधिक शिक्षाको नाममा जहाँ पनि एउटै विषय पढाउनेभन्दा पनि ठाउँ विशेषका आधारमा आवश्यकपर्ने शिक्षालाई प्राथमिकता दिनुपर्ने बताए । प्राविधिक शिक्षामा जोड दिने विद्यालयलाई प्रदेश सरकारले सहयोग गर्ने पौडेलको भनाइ थियो ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय