सोमवार, जेष्ठ १५, २०८० | Monday 29th May 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • मेसीको दुई गोलमा बार्सिलोना विजयी
भर्खरै

मेसीको दुई गोलमा बार्सिलोना विजयी

  • सिधा दृष्टी बिहिबार, फाल्गुन १३, २०७७ | February 25, 2021

लियोनल मेसीले दुई गोल गर्दा स्पेनी ला लिगामा बार्सिलोनाले बुधबार एल्चेलाई  ३–० ले हराएको छ । यससँगै बार्सिलोनाले शीर्ष स्थानमा रहेको एटलेटिको म्याड्रिडसँगको दूरी पाँच अंकमा छोट्यायो ।

४८औं मिनेटमा पहिलो गोल गरेका अर्जेन्टिनी फरवार्डले ६८ औं मिनेटमा दोस्रो गोल थपे । ७३औं मिनेटमा जोर्डी अल्बाले तेस्रो गोल गरे । यी दुई गोलसँगै मेसीले यो सिजन लिगमा गरेको गोल संख्या १८ पुगेको छ । उनी सर्वाधिक गोल गर्ने खेलाडी सूचीको शीर्षस्थानमा छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय