आइतवार, जेष्ठ २१, २०८० | Sunday 4th June 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • पूर्वपत्नीलाई घरायासी काम लगाएबापत क्षतिपूर्ति दिन चिनियाँ अदालतको आदेश
भर्खरै

पूर्वपत्नीलाई घरायासी काम लगाएबापत क्षतिपूर्ति दिन चिनियाँ अदालतको आदेश

  • सिधा दृष्टी बुधबार, फाल्गुन १२, २०७७ | February 24, 2021

चीनको अदालतले एक व्यक्तिलाई आफ्नी पूर्व पत्नीलाई घरायासी काम लगाएबापत क्षतिपूर्ति स्वरुप झण्डै आठ हजार अमेरिकी डलर भुक्तानी गर्न आदेश दिएको छ ।

पारपाचुके गरिसकेकी ती महिलालाई क्षतिपूर्ति दिलाउने गरी अदालतले फैसला गरेलगत्तै चीनमा त्यसको पक्ष र विपक्षमा प्रतिक्रिया आएका एएफपीले जनाएको छ ।

यसै वर्षदेखि लागू भएको देशको नयाँ देवानी कानुनअनुसार पारपाचुके गरेका दम्पतीमध्ये घरमा बढी काम गर्नुपर्ने पुरुष वा महिलाले क्षतिपूर्ति दाबी गर्न सक्ने छन् ।

पूर्वपत्नी वाङले बेइजिङ अदालतमा आफूले पाँचवर्षे वैवाहिक जीवनमा बच्चाको हेरचाह

गरेको र घरभित्रका सबै काम गरेको बताएकी थिइन् । उनका पूर्वपति चेन भने काममा जानुबाहेक घरमा केही काम नसघाएको वाङको दाबी छ ।

अदालतको आदेशमा भनिएको छ, वाङले घरयासी काम र बालबच्चा हुर्काउने काम पनि गरेको थप क्षतिपूर्ति मागेकी छन् । अदालतले वाङले अतिरिक्त जिम्मेवारी र काम गरेकाले करिब आठ हजार डलर तिनुपर्ने आदेश दिएको छ ।

स्थानीय संचारमाध्यमले वाङले अदालतको आदेशविरुद्ध पुनरावेदन गरेको समाचार यसै साता प्रकाशन गरेपछि महिलाले गर्ने घरभित्रका कार्यको मूल्यलाई लिएर अनलाइनमा व्यापक विचारविमर्श भएको छ ।

चीनको ट्वीटर जस्तै मानिने सामाजिक सञ्जाल वाइबोमा बुधबारसम्म ५७ करोडभन्दा बढीले वाङ र चेनको मुद्दामाथि बहस गरेको पाइएको छ ।

टिप्पणी गर्नेहरुले महिलामाथि शोषण भइरहेको भन्दै आक्रोश पोखेका थिए ।

आर्थिक सहयोग तथा विकास संगठन (ओइसिडी)को अनुमान अनुसार चिनियाँ महिलाले घरमा दैनिक करिब चार घण्टा बेतलबी कार्य गर्दछन् । यो पुरुषको भन्दा झण्डै अढाई गुणा बढी हो भने औषत भन्दा बढी हो ।

चीनमा पारपाचुके सम्बन्धी कानुनलाई उदार बनाइएपछि र महिलाहरु आर्थिक रुपमा बढी स्वतन्त्र हुन थालेपछि विगत दुई दशकमा पारपाचुके गर्नेक्रम निकै बढेको छ । तर बेइजिङका लागि यो टाउको दुखाईको विषय बन्दै गएको छ किनभने चीनमा वृद्धवृद्धाको जनसंख्या बढ्दै गएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय