आइतवार, जेष्ठ २१, २०८० | Sunday 4th June 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • मत दिने बेला काँग्रेसलाई दिएनन् , अहिले काँग्रेस नै चाहियो – सभापति देउवा
भर्खरै

मत दिने बेला काँग्रेसलाई दिएनन् , अहिले काँग्रेस नै चाहियो – सभापति देउवा

  • सिधा दृष्टी बुधबार, फाल्गुन १२, २०७७ | February 24, 2021

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसले केही गरेन भनेर विरोध गर्नेहरूले नै यतिबेला कांग्रेस खोज्न थालेको बताएका छन् ।

आज काठमाडौँमा कांग्रेसका दिवंगत नेता महेन्द्र नारायण निधिको ९९ औं जन्म-जयन्तीको अवसरमा राखिएको विचार गोष्ठीमा बोल्दै देउवाले यस्तो बताएका हुन् ।

उनले यतिबेला जनताले कांग्रेसको खोजी गरेको तर भोट दिने बेला भोट नदिएको टिप्पणी गरे । उनले जनताले कांग्रेसबाट केही आशा गर्नु राम्रो पक्ष भएको समेत बताए ।

‘अब यो काँग्रेसले केही पनि गर्दैन भन्या

छ सबले, जनताले भोट दिएन अहिले काँग्रेस चाहिएको छ, कांग्रेसलाई खोज्न थालेका छन् मान्छेहरुले,’ सभापति देउवाले भने ।

उनले भने, ‘भोट दिने बेला कांग्रेसलाई नदिने अहिले कांग्रेस नै चाहियो रु’

उनले जनताले नेकपालाई भोट हालेको र आफूहरूले मान्नुपर्ने अवस्था आएको बताए । साथै उनले संसद पुनःर्स्थापना भएकोमा खुशी व्यक्त गरे ।

विचार गोष्ठीमा बोल्दै उनले तोकिएकै समयमा कांग्रेसको १४ औं महाधिवेशन हुने पनि दाबी गरे ।

देउवाले नेकपाभित्र दुई समूह देखिए पनि कानूनी रुपमा एउटै पार्टी भएको बताए । साथै उनले नेकपा फुटोस् भन्ने चाहना नराखेको पनि बताए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय