शनिबार, जेष्ठ २०, २०८० | Saturday 3rd June 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • चट्टयाङसहित हल्का वर्षाको सम्भावना
भर्खरै

चट्टयाङसहित हल्का वर्षाको सम्भावना

  • सिधा दृष्टी बुधबार, फाल्गुन १२, २०७७ | February 24, 2021
A woman shields herself from rain with an umbrella and her son with a raincoat. Kathmandu recorded 5.5mm rainfall in the last 24 hours, according to weather office. Photo: Skanda Gautam/ THT

काठमाडौं । नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव देखिएको जल तथा मौसम विज्ञान विभाग जनाएको छ। विभागको मौसम पूर्वानुमान महाशाखा हाल देशका प्रदेश १, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहि अन्य भू-भागहरूमा मौसम सामान्यतया सफा रहेको छ।

बुधबार दिउँसो देशका पहाडी भू-भागहरुमा आंशिकदेखि सामान्य बदलीको सम्भावना रही बाँकी भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशका  पहाडी भू-भागका एक–दुई स्थानमा अपरान्हतिर मेघगर्जन तथा चट्टयाङ सहित हल्का वर्षाको सम्भावना रहेको छ।

राती

देशका पहाडी भू-भागहरुमा आंशिकदेखि सामान्य बदलीको सम्भावना रही बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू-भागका एक –दुई स्थानमा मेघगर्जन तथा चट्टयाङ सहित हल्का वर्षाको सम्भावना रहेको छ।

बिहीबार दिउँसो देशका पहाडी भू-भागहरुमा आंशिकदेखि सामान्य बदलीको सम्भावना रही बाँकी प्रदेशहरूमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, बागमती र गण्डकी प्रदेशका  पहाडी भू-भागका एक–दुई स्थानमा मेघगर्जन तथा चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

राती प्रदेश नं १, बाग्मति प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागहरुमा आंशिकदेखि सामान्य बदलीको रही बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन तथा चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

शुक्रबार दिउँसो प्रदेश नं १, बाग्मति प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागहरुमा आंशिकदेखि सामान्य बदलीको रही बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक –दुई स्थानमा मेघगर्जन तथा चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

राती प्रदेश नं १, बाग्मति प्रदेश, गण्डकी प्रदेश, सुदुर पश्चिम प्रदेशका पहाडी भू-भागहरुमा आंशिकदेखि सामान्य बदलीको रही बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, बागमती, गण्डकी र सुदुर पश्चिम प्रदेशका पहाडी भू-भागका एक –दुई स्थानमा मेघगर्जन तथा चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय