सोमवार, अशोज १७, २०७९ | Monday 3rd October 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • संसद पुनर्स्थापना गर्ने सर्वाेच्चकाे फैसलापछि माधव-प्रचण्डले लड्डु खाएर खुशी साटे
भर्खरै

संसद पुनर्स्थापना गर्ने सर्वाेच्चकाे फैसलापछि माधव-प्रचण्डले लड्डु खाएर खुशी साटे

  • सिधा दृष्टी मङ्लबार, फाल्गुन ११, २०७७ | February 23, 2021

काठमाडाैं । प्रतिनिधि सभा पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको फैसलापछि नेकपा माधव-प्रचण्ड समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले खुशी साटासाट गरी लड्डु खाएका छन् ।

मंगलबार साँझ प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले संसद पुर्स्थापनाकाे पक्षमा फैसला सुनाएका थिए । आदेशमा  १३ दिनभित्र संसद अधिवेशन बोलाउन पनि भनिएको छ ।

गत पुस ५ गते बसेको मन्त्रिपरिषद् बैठकले प्रतिनिधि सभा विघटनको सिफारिस गरेको थियो । प्रतिनिधिसभा विघटनपछि नेकपा २ समूहमा विभाजित भएकाे थियाे । विभाजित नेकपाकाे माधव प्रचण्ड समूह संसद पुनर्स्थापनाकाे मागसहित सडक

आन्दाेलन पनि गरिरहेकाे थियाे ।

ओली समूह भने चुनावकाे प्रचार प्रसारमा जुटिरहेकाे थियाे । नेकपाकाे दुवै पक्षले आफ्नाे शक्ति प्रदर्शन पनि गरिरहेकाे थियाे ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय