शुक्रबार, अशोज २१, २०७९ | Friday 7th October 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • जनकपुरबाट २५ लाख नगद सहित दुई हुण्डी कारोबारी पक्राउ
भर्खरै

जनकपुरबाट २५ लाख नगद सहित दुई हुण्डी कारोबारी पक्राउ

  • सिधा दृष्टी मङ्लबार, फाल्गुन ११, २०७७ | February 23, 2021

जनकपुर । प्रहरीले जनकपुरबाट हुण्डी कारोबार गर्ने दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा महोत्तरी निवासी टेन्ट व्यवसायी सञ्जय साह र भारत पिपरौन निवासी सुमित यादव रहेको धनुषा प्रहरीले जनाएको छ ।

उनीहरुलाई भारतीय नम्बर प्लेटको मोटरसाइकलबाट हुण्डी रकमसहित पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटेको प्रहरी टोलीले गोप्य सूचनाको आधारमा जटही नाकाबाट अवैध रकमसहित दुई जनालाई पक्राउ गरेको प्रहरी उपरीक्षक प्रकाश रानाभाटले जानकारी दिए ।

निरीक्षक रानाभाटले जनकपुरबाट हुण्डी रकम रु २५ लाख ५० हजारसहित भारत

जाँदै गर्दा जटहीबाट पक्राउ गरेको बताए ।

पक्राउ परेको रकमसहित दुवैलाई थप अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया पठाइएको प्रहरी उपरीक्षक रानाभाटले जानकारी दिए । हुण्डी कारोबारमा अन्य संलग्नको खोजतलास जारी रहेको प्रहरीले जनाएको छ ।

 

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय