आइतवार, जेष्ठ २१, २०८० | Sunday 4th June 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • वर्षा र हिमपातको सम्भावना : मौसम पूर्वानुमान महाशाखा
भर्खरै

वर्षा र हिमपातको सम्भावना : मौसम पूर्वानुमान महाशाखा

  • सिधा दृष्टी मङ्लबार, फाल्गुन ११, २०७७ | February 23, 2021

काठमाडौं - पश्चिमी वायुको आंशिक प्रभावले  देशका अधिकांश भू–भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा र हिमपात हुने भएको छ ।

प्रदेश नं १, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले जानकारी दिए।

'उक्त प्रणालीको प्रभाव भोलि बुधबार  बेलुकासम्म रहने छ ।  ठूलो पानी पर्ने सम्भावना भने रहेको छैन', उनले भने। हाल देशका केही पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागमा मौसम

सामान्यतया सफा रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ७ दशमलव शून्य डिग्री र अधिकतम तापक्रम २४ दशमलव ४ डिग्री सेल्सियस  छ । आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम १ दशमलव शून्य डिग्री सेल्सियस छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय