काठमाडौ । काठमाडौंको चन्द्रागिरी नगरपालिका स्थित स्काई युथ क्लबमा महिला अधिकार र महिला हिंसाका बिषयमा छलफल भएको छ ।
मिलिजुली संस्था र उन्नती आधार महिला समूह तथा उन्नती महिला विद्यालय को संयुक्त आयोजनामा महिला अधिकार र हकहितका बिषयमा अन्र्तक्रिया गरिएको हो । कार्यक्रममा संस्थाकी अध्यक्ष तथा संस्थापक यमुनादेवि श्रेष्ठले संविधानमा भएका महिला अधिकार र महिला हिंसा रोकथामका लागि भएका पहल र गर्नुपर्ने कामका बिषयमा अवगत गराउनु भएको थियो ।
wp-image-6250 size-full" src="http://sidhadrishti.com/wp-content/uploads/2021/02/152596490_2898388550436898_4296682287456727453_n.jpg" alt="" width="780" height="1052" />
सो अवसरमा संस्थाले दलित तथा विपन्न समुदायका महिलाहरुलाई राहात वितरण गरिएको थियो । वितरण गरिएको राहातमा दाल, चामल, नुन, तेल, चीनी र साबुन लगायतका सामाग्री थिए ।
संस्थाकी अध्यक्ष श्रेष्ठ जनआन्दोलनकी घाइते तथा नेपाली काँग्रेस काठमाडौं क्षेत्र नम्बर १० बाट महासमिति सदस्इ समेत हुनु हुन्छ ।