सोमवार, अशोज १७, २०७९ | Monday 3rd October 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • पछिल्लो २४ घण्टामा १२५ संक्रमित थपिए,९० जना डिस्चार्ज
भर्खरै

पछिल्लो २४ घण्टामा १२५ संक्रमित थपिए,९० जना डिस्चार्ज

  • सिधा दृष्टी सोमवार, फाल्गुन १०, २०७७ | February 22, 2021

नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कोरोना संक्रमितको संख्या दुई लाख ७३ हजार ५ सय ५६ पुगेको छ ।

आईतबार ८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । सङ्क्रमित मध्ये पछिल्लो अपडेट अनुसार २४ घण्टा भित्र ९० जना डिस्चार्ज भएसँगै दुई लाख ६९ हजार ९ सय ६६ जना संक्रमित निको भएर घर फर्किएका छन् ।

पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाका कारण कसैको पनि मृत्यु भएको छनै, यससँगै अहिलेसम्म

कोरोनाका कारण ज्यान गुमाउनेको संख्या दुई हजार ६१ पुगेको छ ।

देशभर १ हजार ५ सय २९ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयको तथ्यांक अनुसार देशभरका विभिन्न प्रयोगशालाबाट आज ३ हजार ६ सय ८१ जनाको पीसिआर परिक्षण भएको छ । नेपालमा हालसम्म २१ लाख ४३ हजार ३ सय १५ जनाको पिसिआर परीक्षण भएको छ ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय