सोमवार, जेष्ठ १५, २०८० | Monday 29th May 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • लिबियाका गृहमन्त्रीको हत्या प्रयास
भर्खरै

लिबियाका गृहमन्त्रीको हत्या प्रयास

  • सिधा दृष्टी सोमवार, फाल्गुन १०, २०७७ | February 22, 2021

लिबियाको राष्ट्र संघसमर्थित सरकारका गृहमन्त्री फाथी बाशाघाको हत्या प्रयास भएको छ ।

राजधानी त्रिपोलीको पश्चिममा जन्जुर जिल्लामा रहेको आफ्नो निवासबाट मन्त्रालयतर्फ जाँदै गर्दा गृहमन्त्री फाथीमाथि अज्ञात बन्धुकधारीले गोली चलाएको त्यहााको गृह मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार मन्त्रीको सवारीलाई लक्षित गरी टोयोटा गाडीमा सवार व्यक्तिहरुले मेसिनगन प्रयोग गरेर आक्रमण गरेका थिए ।

सिन्ह्वाका अनुसार मन्त्री बाशाघाका अंगरक्षकले प्रतिकारमा गोली चलाएका थिए जसबाट एक जना बन्दुधकारीको घटनास्थलमै मृत्यु भएको थियो भने दुई जना पक्राउ परेका थिए ।

सन् २०११

मा लिबियाका तत्कालीन नेता मोउमर गद्दाफीको शासन पतन भएयता लिबियामा असुरक्षा र अस्थिरता व्याप्त छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय