शनिबार, जेष्ठ २०, २०८० | Saturday 3rd June 2023
जोडिनुहोस
Trending
भर्खरै

रहेनन् पूर्वसांसद् रानाभाट

  • सिधा दृष्टी सोमवार, फाल्गुन १०, २०७७ | February 22, 2021

पूर्वसांसद एकनाथ रानाभाटको निधन भएको छ । कांग्रेस नेता रानाभाटको चितवन मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको हो । ६९ वर्षीय रानाभाट उच्च रक्तचापका कारण मस्तिष्कघात भइ दुई सातादेखि अस्पतालमा उपचाररत थिए ।

स्याङ्जामा जन्म भई पछि चितवन पिठुवा बसाइँ सरेका रानाभाट विसं २०५६ मा चितवन क्षेत्र नं २ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए ।

उनका एक श्रीमती, एक छोरा र एक छोरी रहेका छन् ।

नेपाली कांग्रेस चितवनले शोक वक्तव्य जारी गर्दै पार्टीले एक निष्ठावान् नेता गुमाएकामा

दुःख प्रकट गरेको छ भने उनको मङ्गलबार बिहान देवघाटमा अन्त्येष्टि गरिने जनाइएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय