शनिबार, जेष्ठ २०, २०८० | Saturday 3rd June 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • फरक दक्षता भएकी बालिका बलात्कारको आरोपमा शिक्षक पक्राउ
भर्खरै

फरक दक्षता भएकी बालिका बलात्कारको आरोपमा शिक्षक पक्राउ

  • सिधा दृष्टी सोमवार, फाल्गुन १०, २०७७ | February 22, 2021

मानसिक रूपले कमजोर बालिकालाई बलात्कार गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन् । जिल्लाको गन्यापधुरा गाउँपालिका–४ कैलपालमाण्डौस्थित भुवनेश्वरी माविमा अध्ययनरत फरक दक्षता भएकी बालिकालाई सोही विद्यालयका शिक्षकले जबर्जस्ती करणी गरेको आरोप स्थानीयले लगाएका छन् ।

भुवनेश्वरी माविको फरकधार तर्फ अध्ययनरत १० वर्षीया बालिकालाई सोही विद्यालयमा अध्यापन गर्दै आएका शिक्षकले जबर्जस्ती करणी गरेको आरोप छ । भुवनेश्वरी माविका फरकधार तर्फ आवासीय व्यवस्था रहेको छ । फरक दक्षता भएका विद्यार्थीहरूको आवासनजिकै बस्दै आएका ४२ वर्षीय शिक्षकले शनिबार बालिकालाई जबर्जस्ती करणी गरेको स्थानीयले

जनाएका छन् ।

बालिकाको घर डोटीको शिखर नगरपालिका भएको बुझिएको छ । शिक्षक पनि डोटीकै आदर्श गाउँपालिका घर भई हाल कैलालीको गोदावरी नगरपालिका अत्तरिया बस्दै आएका बताइन्छ ।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट प्रहरी निरीक्षकको नेतृत्वमा खटिइ गएको प्रहरी टोलीले आइतबार शिक्षकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख प्रहरी नायब उपरीक्षक महेन्द्र नेपालले बताए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय