बुधबार, अशोज १२, २०७९ | Wednesday 28th September 2022
जोडिनुहोस
Trending
भर्खरै

आज मेलम्ची सुरुङ परीक्षण गरिँदै

  • सिधा दृष्टी सोमवार, फाल्गुन १०, २०७७ | February 22, 2021

मेलम्ची  खोलाको  पानी  काठमाडौँ ल्याउन सोमबारदेखि सुरुङ परीक्षण गरिँदै छ । मेलम्ची खोलादेखि सुन्दरीजलसम्मको सुरुङ खण्डमा पानी पथान्तरण गरी परीक्षण गरिँदै छ । तीन चरणमा पथान्तरण गरी परीक्षण सफल भएपछि मेलम्चीको पानी काठमाडौँ आउनेछ ।परीक्षण गर्न न्यूनतम दुुई महिना लाग्छ । मेलम्ची   खानेपानी   विकास   समितिका   पदाधिकारी   तथा खानेपानीमन्त्री   मणिचन्द्र   थापाले   आज   मेलम्ची   पुगेर   पानी पथान्तरणको  निरीक्षण  गर्ने  कार्यक्रम  रहेको  खानेपानी  मन्त्रालयले जनाएको  छ ।  सो  अवसरमा  मन्त्री  थापाले  समग्र  आयोजनाको प्रगतिका बारेमा निरीक्षण गर्ने कार्यक्रम रहेको छ ।

आज दिउँसो

११:०० बजेबाट पथान्तरणका लागि सुरुङमा पानी पठाइने कार्यक्रम तय  गरिएको  छ ।  मेलम्चीमा  सुरुङ  प्रवेशद्वार  (गेट)को  जडान  र फिनिसिङ  सम्पन्न  भएपछि  पानी  पथान्तरण  गर्नुअघि  प्राविधिक टोलीमार्फत  अनुगमन  गरिएको  थियो ।  आयोजनाको  प्रमुख  दाता एसियाली विकास बैङ्क (एडीबी)ले पानी पथान्तरणअघि विज्ञहरूबाट अनुगमन  गराएर  थप  काम  गर्नुपर्ने  सुझाव  दिएपछि  पथान्तरणका लागि  करिब  दुई  महिना  ढिला  भएको  थियो ।

मेलम्चीको  पानी काठमाडौँ आउन कम्तीमा पनि अझै दुुई महिना लाग्ने देखिन्छ । मेलम्ची खानेपानी समितिका अनुसार तीन चरणमा पथान्तरण गरिनेछ । पहिलो  चरणमा  सुरुङमा  पानी  पठाएर  होल्ड  (पथान्तरण) गरिनेछ । उक्त पानी सुरुङबाट बाहिर फालेर पुनः पथान्तरण गरिनेछ । तीन चरणको पथान्तरणपछि सुन्दरीजलमा पानी ल्याइनेछ ।गोरखापत्र दैनिकबाट

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय