शुक्रबार, अशोज २१, २०७९ | Friday 7th October 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • मुख्य खबर
  • म्यानमारमा सुरक्षाकर्मीको गोली लागेर दुई जना प्रदर्शनकारीको मृत्यु
मुख्य खबर

म्यानमारमा सुरक्षाकर्मीको गोली लागेर दुई जना प्रदर्शनकारीको मृत्यु

  • सिधा दृष्टी आइतवार, फाल्गुन ९, २०७७ | February 21, 2021

एजेन्सी । म्यानमारमा सैनिक ‘कू’को विरोध गर्नेहरुमाथि सुरक्षा बलले चलाएको गोली लागेर दुई जनाको मृत्यु भएको छ ।

शनिबार सुरक्षाकर्मीले देशको दोस्रो ठूलो शहर माण्डलेमा गोली चलाउँदा दुई जना प्रदर्शनकारीको मृत्यु भएको हो ।यसअघि पनि प्रदर्शनकारीको एक र्‍यालीमा सुरक्षाकर्मीले गोली चलाउँदा एक महिलाको मृत्यु भएको थियो ।

फ्रिन्टियर म्यानमारको रिपोर्ट अनुसार माण्डलेमा सुरक्षाकर्मीले चलाएको गोली टाउकोमा लागेर एक प्रदर्शनकारीको घटनास्थलमै मृत्यु भएको छ । छातीमा गोली लागेका अर्का एक व्यक्तिको अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो ।

गत माघ

१९ मा म्यानमारको सेनाले राष्ट्रपति विन मिन्ट, स्टेट काउन्सिलर आङ साङ सुकी लगायतका नेताहरुलाई हिरासतमा लिएर सत्ता हत्याएको थियो । त्यसलगत्तै सुरु भएको विरोध प्रदर्शन रोकिएको छैन ।

पछिल्लोपटक बन्दरगाहका कर्मचारीहरु पनि सैनिक सरकारको विरोधमा उत्रिएका छन् । उनीहरुले जननिर्वाचित सरकारलाई सत्ता नसुम्पिएसम्म काम नगर्ने घोषणा गरेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय