बुधबार, अशोज १२, २०७९ | Wednesday 28th September 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • श्रीमतीको हत्या गर्ने हिमाल थामी पक्राउ
भर्खरै

श्रीमतीको हत्या गर्ने हिमाल थामी पक्राउ

  • सिधा दृष्टी शनिबार, फाल्गुन ८, २०७७ | February 20, 2021

काठमाडौं । दोलखाको कालिञ्चोक गाउँपालिका-६ मा श्रीमतीको हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा २७ वर्षीया हिमाल थामी छन् ।

जिल्ला प्रहरी कार्यालय, दैलेखका प्रमुख डीएसपी भेषराज रिजालले बताएअनुसार शुक्रबार राति २ बजे खुकुरी प्रहार गरी हत्या गरिएको पाइएको छ ।प्रहरीलाई ४ः११ बजे खबर आएकोमा खोजतलास गर्दा भागेर कालिञ्चोक-७ मा पुगेको अवस्थामा बिहानै उनलाई पक्राउ गरिएको रिजालले बताए ।

श्रीमती २३ वर्षीया सुनिता थामीको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल, दोलखा पठाउने तयारी गरिएको छ । हाल

पारिवारिक विवादमा घटना भएको हुनसक्ने आशंका गरिए पनि थप अनुसन्धान जारी छ ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय