शनिबार, जेष्ठ २०, २०८० | Saturday 3rd June 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • पर्यटन
  • पाँचौं इन्द्रदह पर्यटन उत्सव आइतबारबाट सुरु हुँदैं, प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने
पर्यटन

पाँचौं इन्द्रदह पर्यटन उत्सव आइतबारबाट सुरु हुँदैं, प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने

  • सिधा दृष्टी शनिबार, फाल्गुन ८, २०७७ | February 20, 2021

काठमाडौं । पाँचौं इन्द्रदह पर्यटन उत्सव फागुन ९ गते आइतबार भव्य समारोहबीच नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नु हुने छ । चन्द्रागिरि नगरपालिका वडा नं. १, दहचोकस्थित इन्द्रदह उत्सव यसपटकको पाँचौं हो ।

पृथ्वीनारायण शाह पालाका काजी कालु पाँडेको समाधिस्थल तथा मुलुकका १०० गन्तब्यमध्येमा पर्ने यस क्षेत्रको ऐतिहासिक, धार्मिक, पुरातात्विक एवं पर्यकीय स्थलको परिचय गराउने उद्देश्यले प्रत्येक वर्ष ‘इन्द्रदह एकीकृत पर्यटन विकास समितिले उत्सव गर्दै आएको छ ।

२०७४ को स्थानीय निर्वाचनपछिका समयमा यस स्थानको पुनर्रुन्थान तथा

पुनर्निर्माण गरेसँगै यहाँ पर्यटक आवागमन पनि बढेको चनपा वडा नं. १ का अधयक्ष राजेन्द्र केसीले बताउनु भयो ।

उहाँका अनुसार पछिल्ला समयमा यस क्षेत्रको व्यवस्थापनका लागि वडा कार्यालयसहितका निकायबाट बजेट विनियोजन भएर इन्द्रदहको पुनर्निर्माण, काजी कालु पाँडेको शालिक निर्माण, भ्युटावर निर्माणलगायत भौतिक पूर्वाधारका धेरै काम भएका छन् ।

इन्द्रदहसम्म पुग्ने बाटोको पिच तथा ढलान भएपछि पर्यटक आउने क्रम अझ बढेको बु्झाइ विकास समितिका अध्यक्ष हरिशरण थापाको भनाइ छ । यस क्षेत्रमा प्रत्येक दिन पर्यटक आउने गरेका छन् । अझ बिदाका दिनहरुमा त आउने जानेको बाक्लै उपस्थिति रहने गरेको अध्यक्ष थापाले बताउनु भयो ।

अघिल्ला वर्षजस्तै यस पटक पनि यस क्षेत्रको पर्यटन प्रवद्र्धन उद्देश्यले पर्यटन उत्सव गर्न लागिएको वडा अध्यक्ष केसीले जानकारी दिनुभयो । फागुन ९ गते आइतबार मध्याह्न १२ बजे उद्घाटन हुने समारोहमा नगरवासीसहित पर्यटन क्षेत्रमा आवद्ध सरोकारवालालाई समेत निम्त्याइएको उहाँले बताउनु भयो ।

इन्द्रदह एकीकृत पर्यटन विकास समितिद्वारा जारी निमन्त्रणा पत्रः

 

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय