सोमवार, अशोज १७, २०७९ | Monday 3rd October 2022
जोडिनुहोस
Trending
पर्यटन

भोली शनिबारदेखि हवाई भाडा बढ्ने

  • सिधा दृष्टी शुक्रबार, फाल्गुन ७, २०७७ | February 19, 2021

काठमाडौँ । वायु सेवा सञ्चालक संघले हवाई इन्धनको मूल्य बढेसँगै फ्युल सरचार्जमा वृद्धि भएको जनाएको छ । यससँगै हवाइ भाडा पनि बढेको छ ।

नेपाल आयल निगमले फागुन ४ गते पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो । सो क्रममा हवाई इन्धनको मूल्य प्रतिलिटर २ रुपैयाँ बढाएको थियो । अहिले हवाई इन्धन प्रतिलिटर ६७ रुपैयाँ छ ।

वायु सेवा कम्पनीहरूको बढेको फ्यल चार्ज हवाई क्षेत्रको नियामक नागरिक उड्ययन प्राधिकरणले स्वीकृ गरिसकेकाले शनिबारदेखि नयाँ भाडा लागू हुने वायु सेवा सञ्चालक संघ, नेपालका प्रवक्ता

योगराज कँडेल शर्माले जानकारी दिएका हुन ।

 

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय