बिहिबार, अशोज १३, २०७९ | Thursday 29th September 2022
जोडिनुहोस
Trending
भर्खरै

बागलुङका युवाको जापानमा निधन

  • सिधा दृष्टी शुक्रबार, फाल्गुन ७, २०७७ | February 19, 2021

रोजगारीको सिलसिलमा विगत ८ वर्षदेखि जापानको आइचीकेनको खासुगाइ सिटीमा बस्दै आएका बागलुङ ग्वालीचौरका एक युवाको निधन भएको छ ।

पौंदी समाज जापानका अध्यक्ष गोविन्द भुसालले दिएको जानकारी अनुसार श्रीमतीसहित जापानमा रहेका ३७ वर्षीय मधु आचार्यले गत सोमबार राति आत्महत्या गरेको हुन सक्ने प्रहरीको अनुमान छ । स्व. आचार्य कुक पेशामा कार्यरत थिए ।

श्रीमान् श्रीमतीबीच बेमेलका कारण अलग–अलग बस्दै आएका आचार्य दम्पतीको गत शनिबार अन्तिम वार्तालाप भएको श्रीमती सरस्वतीले जानकारी दिइन् । आचार्य दम्पतीको ५ वर्षिया छोरी हाल

नेपालमा छिन् ।

चुकुल लगाएको आफ्नै कोठामा मृत अवस्थामा भेटिएकोले उनले आत्महत्या गरेको हुन सक्ने प्रहरीले आशंका गरेको बुझिएको छ । आचार्यको पार्थिव शरिर अहिले नागोयाको खासुगाई सिटीस्थित प्रहरी कार्यालयमा राखिएको छ ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय