सोमवार, जेष्ठ १५, २०८० | Monday 29th May 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • धादिङ जिल्ला स्तरीय टी-२० क्रिकेट प्रतियोगिता सुरु :  बैरेनी र त्रिपुरासुन्दरी विजयी
भर्खरै

धादिङ जिल्ला स्तरीय टी-२० क्रिकेट प्रतियोगिता सुरु :  बैरेनी र त्रिपुरासुन्दरी विजयी

  • सिधा दृष्टी शुक्रबार, फाल्गुन ७, २०७७ | February 19, 2021

धादिङ । जिल्ला स्तरीय टी-२० क्रिकेट प्रतियोगितामा बैरैनी क्रिकेट टिम र त्रिपुरासुन्दरी क्रिकेट टिमले विजयी सुरूवात गरेका छन् ।
धादिङपोष्ट डटकम र कारु स्मृति प्रतिष्ठानले आयोजना गरेको प्रतियोगिता शुक्रबारदेखि सुरु भएको हो । बैरेनी क्रिकेट टिमले धुनीबेसी क्रिकेट टिमलाई ११ रनले पराजित गरेको छ । उद्घाटन खेलमा बैरेनीले दिएको १२८ रनको टार्गेट पछ्याएको धनीकेसीले ११६ रन मात्र बनायो ।

यस खेलमा बैरेनीका विश्वास पौडेल प्लेयर आफ द म्याच घोषित भए

यस्तै दोस्रो खेल त्रिपुरासुन्दरी क्रिकेट टिम र साँङ्कोष क्रिकेट क्लव बीच भएको थियो । यो खेलमा साँङ्कोषले दिएको ८८ रनको टारगेट त्रिपुरासुन्दरीले १० ओभरमै पुरा गर्दै विजयी भएको थियो । यस खेलमा त्रिपुरासुन्दरीका श्रीकृष्ण मिश्र प्लेयर आफ द म्याच घोषित भएका थिए ।

बेनीघाट रोराङ गाउँपालिकाका उपाध्यक्ष देवीप्रसाद सिलवालले गरेका बलिङ र गाउँपालिका अध्यक्ष पित्तबहादुर डल्लाकोटीले ब्याटिङ गरेर प्रतियोगिताको उद्घाटन गरिएको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय