बिहिबार, अशोज १३, २०७९ | Thursday 29th September 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • प्रधानमन्त्री पुगे सर्वोच्चमा, सुरक्षा व्यवस्था कडा
भर्खरै

प्रधानमन्त्री पुगे सर्वोच्चमा, सुरक्षा व्यवस्था कडा

  • सिधा दृष्टी बिहिबार, फाल्गुन ६, २०७७ | February 18, 2021

अपहेलना मुद्दामा लिखित जवाफ लिएर प्रधानमन्त्री केपी शर्मा ओली सर्वोच्च अदालत पुगेका छन्।

अदालतको अवहेलना मुद्दामा प्रधानमन्त्री केपी शर्मा ओली लिखित जवाफ लिएर आज बिहान पौने १२ बजेतिर उनी सर्वोच्च अदालत पुगेका हुन्।

प्रधानमन्त्री ओली आएपछि सर्वोच्च अदालत परिसरमा सुरक्षा  व्यवस्था कडा पारिएको छ। पत्रकार अदालतभित्र जान दिइएको छैन।

गत माघ ११ गते वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्यले प्रधानमन्त्रीविरूद्ध अपहेलनाको मुद्दा पेश गरेका थिए।

अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले पनि प्रधानमन्त्रीले विचाराधीन मुद्दामा टिप्पणी गरेको र अधिवक्ताहरूलाई अशिष्ट र अमर्यादित भाषा प्रयोग

गरेको भन्दै अपहेलनाको मुद्दा पेश गरेका थिए।

२०७७ माघ ९ गते कार्की ब्याङ्केटमा दिएको अभिव्यक्तिविरूद्ध मुद्दा उनले मुद्दा हालेका हुन्।

प्रधानमन्त्री ओलीले वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीबारे टिप्पणी गर्दै 'एकजना बाजे वकिललाई समेत लिएर गएछन् तमासा देखाउन' भन्ने टिप्पणी गरेका थिए।

अदालतको बहसलाई तमासा र कानुन व्यवसायीलाई बाजे टिप्पणी गर्नु निन्दायुक्त भएको भन्दै मुद्दा परेको हो।

'खड्गप्रसाद शर्मा ओलीले प्रयोग गरेको शब्द लवज र उहाँले प्रदर्शन गरेको व्यवहारले अदालत र इजलासको अपहेलना भएकाले उहाँलाई अपहेलनामा कारबाही गरी सजायसमेत गरी पाउन अनुरोध छ', निवेदनमा भनिएको थियो।

सर्वोच्च अदालतले प्रधानमन्त्री ओलीलाई बाटोको म्यादबाहेक सात दिनभित्र आफैं आएर लिखित जवाफ दिन भनेको थियो।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय