बिहिबार, अशोज १३, २०७९ | Thursday 29th September 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • नेपाली कांग्रेसको महाधिवेशन भदौं ७ गते देखि १० गते सम्म गर्ने प्रस्ताव
भर्खरै

नेपाली कांग्रेसको महाधिवेशन भदौं ७ गते देखि १० गते सम्म गर्ने प्रस्ताव

  • सिधा दृष्टी बुधबार, फाल्गुन ५, २०७७ | February 17, 2021

काठमाडौँ । नेपाली कांग्रेसको १४ औं महाधिवेशन भदौ ७ देखि १० गतेका लागि काठमाडौंमो गर्ने प्रस्ताव गरिएको छ ।

पार्टी कार्यालय सानेपामा बुधबार बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले केन्द्रीय महाधिवेशन भदौ ७ देखि १० गतेका लागि प्रस्ताव गरेका हुन ।

यस्तै असार २० गतेबाट तल्लो तहको अधिवेशन सुरु गर्ने प्रस्ताव छ ।

बैठकमा फागुन ५ बाट संविधानतस् सबै कार्यसमितिको पदावधिको समय ६ महिना थप्ने प्रस्ताव र म्याद सकिएका विदेशस्थित जनसम्पर्कको म्याद थप्ने प्रस्ताव गरिएको छ ।

प्रस्तावमाथि

बुधबारबाट छलफल शुरु भएको बिहीबार पनि छलफल हुने कांग्रेस सहमहामन्त्री प्रकाशसरण महतले जानकारी दिए । संभवत बिहिवारको केन्द्रीय समितिको बैंठकले नै महाविवेशनको मितिको टुंगो लगाउने महतको भनाइ छ ।

त्यस्तै क्रियाशील सदस्यता बुझाउने अन्तिम मिति वडाले फागुन १२ गते पालिकालाई, १६ गते पालिकाले क्षेत्रीय कार्य समितिलाई, २८ गते क्षेत्रीय कार्य समितिले जिल्लालाई, चैत १० गते जिल्लाले केन्द्रीय समितिलाई बुझाउने प्रस्ताव बैठकमा गरिएको उनले बताए ।

बैठक बिहीबार पनि बोलाइएको छ । बुधबार र बिहीबारको छलफलपछि बैठकले प्रस्तावमाथि निर्णय लिने सहमहामन्त्री महतले जानकारी दिए ।
यसअघि अघिल्लो बर्ष कांग्रेसको महाधिवेशन फागुन ७ देखि १० गतेसम्म गर्ने प्रस्ताव गरिएको थियो ।

 

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय