शुक्रबार, अशोज २१, २०७९ | Friday 7th October 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • काँग्रेस केन्द्रीय समितिको बैंठक आज बस्दै
भर्खरै

काँग्रेस केन्द्रीय समितिको बैंठक आज बस्दै

  • सिधा दृष्टी बुधबार, फाल्गुन ५, २०७७ | February 17, 2021

काठमाडौं । पार्टीको १४ औं महाधिवेशन र आगामी कार्यक्रमबारे छलफल गर्न नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज बस्दै छ ।

दिउँसो दुई बजेपछि पार्टी कार्यालय सानेपामा बस्ने बैठकमा आगामी १४ औं महाधिवेशनको कार्यतालिका, संसद विघटनविरुद्धको आन्दोलनको समीक्षा र आगामी योजनाबारे छलफल हुने कांग्रेस केन्द्रीय सदस्य बद्रि पाण्डेले जानकारी दिए ।१३ औं महाधिवेशनबाट निर्वाचित कांग्रेसको वर्तमान कार्यसमितिको कार्यकाल २०७६ साल फागुनमा समाप्त भएको थियो । विधानमा भएको व्यवस्था अनुसार एक वर्ष कार्यकाल थपिएको थियो । थपिएको कार्यकाल फागुन २० गते सकिँदैछ

। त्यसपछि पनि कांग्रेसले संवैधानिक सुविधाअनुसार ६ महिना अवधि थप्न सक्छ । त्यो भनेको कांग्रेसको आयु २०७८ भदौसम्म कायम रहन्छ ।

भदौमा पनि महाधिवेशन हुन नसके कांग्रेसको वैधानिकता सकिन्छ । त्यसैले पार्टी सभापति शेरबहादुर देउवाले भदौमा महाधिवेशन गर्ने प्रस्ताव बैठकमा पेश गर्ने तयारी गरेका छन् ।

क्रियाशील सदस्यता विवाद लगायतका कारण कांग्रेसले पूर्वनिर्धारित मितिमा महाधिवेशन गर्न सकेको छैन ।

यसैबीच संसद विघटनको विरोधमा कांग्रेसले पनि ठूला सभा गरेर विरोधसभा गर्ने तयारी गरेको छ । यसअघि कांग्रेस र उसका भ्रातृ संगठनहरुले गाउँ तहसम्म विरोधका कार्यक्रम गरिसकेका छन् । अब काठमाडौंसहितका ठूला शहरहरुमा ठूला सभा आयोजना गर्नुपर्ने आवाज रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पक्षका नेताहरुले उठाउँदै आएका छन् ।

सम्भवत आजकै केन्द्रीय समितिको बैठकबाट यसबारे निर्णय हुन सक्ने एक नेताले जानकारी दिए ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय