सोमवार, अशोज १७, २०७९ | Monday 3rd October 2022
जोडिनुहोस
Trending
भर्खरै

लागुऔषध गाँजा सहित एक पक्राउ

  • सिधा दृष्टी मङ्लबार, फाल्गुन ४, २०७७ | February 16, 2021

हेटौंडा - जिल्ला प्रहरी कार्यालय मकवानपुरले २० किलो लागुऔषध गाँजा सहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पर्सा जिल्ला बिरगंज महानगरपालीका वडा नं. ३२ बस्ने १९ बर्षिय संजय महतो रहेका छन् । फागुन ४ गते मंगलबार दिउसो १२ बजेको समयमा पुर्व पश्चिम राजमार्ग अन्र्तगत हेटौंडा उपमहानगरपालिका वडा नम्बर ३ स्थित लेवटमा विरगजं तर्फ जाने गाडी कुरीरहेको अवस्थामा महतोको साथबाट मकवानपुर प्रहरीले २० किलो लागुऔषध गाँजा बरामद गरेको हो ।

निजलाई उक्त लागुऔषध गांजा सहित पक्राउ गरी थप

अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरिक्षक ईन्द बहादुर रानाले जानकारी दिनुभयो ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय