सोमवार, जेष्ठ १५, २०८० | Monday 29th May 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • धादिङ जिल्ला स्तरीय टी -२०क्रिकेट प्रतियोगिता हुँदैं
भर्खरै

धादिङ जिल्ला स्तरीय टी -२०क्रिकेट प्रतियोगिता हुँदैं

  • सिधा दृष्टी मङ्लबार, फाल्गुन ४, २०७७ | February 16, 2021

धादिङ । धादिङ पोष्ट डटकम र कारु स्मृति प्रतिष्ठानको संयुक्त आयोजनामा प्रतियोगितामा जिल्ला स्तरीय टी -२० क्रिकेट प्रतियोगिता हुने भएको छ । फागुन ७ गते देखि आयोजना हुन हुन लागेको प्रतियोगिता बेनिघाट रोराङस्थित चन्द्रोदय माविको खेल मैदानमा हुनेछ । प्रतियोगितामा १० टिमले प्रतिस्पर्धा गर्ने प्रतियोगिताका संयोजक दिपेश कँडेलले जानकारी दिए ।

प्रतियोगिताको विजेताले नगद २५ हजार र उपविजेताले १५ हजार प्राप्त गर्नेछन् । यस्तै उत्कृष्ट बलर, उत्कृष्ट ब्याट्सम्यान र उत्कृष्ट खेलाडीले ५-५ हजार प्राप्त गर्नेछन् ।

प्रजातन्त्र दिवसको अवसरमा आयोजना

हुने यस प्रतियोगिताबाट उत्कृष्ट १५ खेलाडी छनोट गरी चितवन क्यानसँग समन्वय गरेर चितवन र धादिङ बीच गौतम बुद्ध रंगशालामा मैत्रीपूर्ण खेल खेलाउने तयारी रहेको समेत कँडेलले बताए ।

प्रतियोगितामा बेनिघाट क्रिकेट टिम, विशालटार क्रिकेट टिम, मलेखु क्रिकेट टिम, गजुरी क्रिकेट टिम, त्रिपुरासुन्दरी क्रिकेट टिम, साङकोष क्रिकेट क्बल, गणेश हिमाल क्रिकेट टिम, धादिङ समाज क्रिकेट टिम र बैरेनी क्रिकेट टिम सहभागि हुनेछन् ।

प्रतियोगिताको टाइसिट बुधबार सार्वजनिक हुने आयोजकले जनाएको छ ।

राजधानी नजिकै रहेको जिल्ला धादिङमा पछिल्लो समय क्रिकेट गतविधिहरु बढिरहेको छ भने स्थानिय स्तरमा विभिन्न खालका प्रतियोगिताहरु भइरहेको छ । राष्ट्रियस्तरमा खेल्ने खेलाडी तयार पार्न धादिङमा क्रिकेट प्रतियोगिताहरु आयोजना गरिएको कंडलले बताए ।प्रतियोगिता तीन दिन सञ्चालन हुनेछ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय