सोमवार, अशोज १७, २०७९ | Monday 3rd October 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • पछिल्लो २४ घन्टामा देशभर १०५ जनामा कोरोना संक्रमण पुष्टि
भर्खरै

पछिल्लो २४ घन्टामा देशभर १०५ जनामा कोरोना संक्रमण पुष्टि

  • सिधा दृष्टी मङ्लबार, फाल्गुन ४, २०७७ | February 16, 2021

काठमाडौं  - पछिल्लो २४ घन्टामा देशभर १०५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ३ सय ६० जनाको नमुना पीसीआर परीक्षण गर्दा १०५ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमित हुने मध्ये ४० महिला र ६५ जना पुरुष रहेका छन्।

योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ७२ हजार ९४५ पुगेको छ । २ लाख ६९ हजार ३०३ जनाले कोरोना जितेका छन् । पछिल्लो २४ घण्टामा ९९ जनाले कोरोना जितेका छन् । १ हजार

५८१ जना संक्रिय संक्रमित रहेका छन्।

अहिले १५ सय ८७ जनाको आइसोलेसनमा उपचार भइराखेको छ । अहिलेसम्म नेपालमा २ हजार ५५ जनाको मृत्यु भएको छ । शनिबार र आइतबार मृतकको संख्या शून्यमा झरेको थियो । सोमबार भने एक जनाको मृत्यु भएको थियो भने मंगलबार फेरि मृतकको संख्या शून्यमा छ । अहिलेसम्म २१ लख २३ हजार ९५१ जनाको पीसीआर परीक्षण भएको छ। नेपालमा हाल ७४ जना क्वारेन्टाइनमा छन् ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय