शनिबार, जेष्ठ २०, २०८० | Saturday 3rd June 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • भारतीय गृहमन्त्री शाहको भनाइप्रति नेपालले ध्यानाकर्षण गरायो
भर्खरै

भारतीय गृहमन्त्री शाहको भनाइप्रति नेपालले ध्यानाकर्षण गरायो

  • सिधा दृष्टी मङ्लबार, फाल्गुन ४, २०७७ | February 16, 2021

काठमाडौं । भारतीय गृहमन्त्री अमित शाहले नेपालको सम्बन्धमा दिएको भनिएको आपत्तिजनक अभिव्यक्तिप्रति नेपालले भारतको ध्यानाकर्षण गराएको छ ।

भारतका लागि नेपाली राजदूत निलम्बर आचार्यले हालै भारतीय विदेश मन्त्रालयका अधिकारीहरुसँगको भेटमा सो कुरा उठाएको समाचार स्रोतले बतायो । भारतीय विदेश मन्त्रालयले यस विषयमा के भएको हो बुझ्ने काम भइरहेको जवाफ दिएको छ ।शाहले एक कार्यक्रमा भारतीय जनता पार्टीले नेपाल र श्रीलंकामा आफ्नो सरकार बनाउने योजना रहेको भनी सार्वजनिक अभिव्यक्ति दिएको त्रिपुरा राज्यका मुख्यमन्त्री विप्लव देवले केही दिन अगाडी सार्वजनिक कार्यक्रममा बोलेका

थिए ।

शाहले सन् २०१८ मा नै पार्टी विस्तार गरेर नेपाल र श्रीलंकामा समेत सरकार बनाउने भनी अभिव्यक्ति दिएको बताएका थिए । तर शाहले भने यस विषयमा सार्वजनिक प्रतिक्रिया दिएका छैनन् ।

केही भारतीय सञ्चारमाध्यमले एउटा अनौपचारिक कार्यक्रममा भारतका विभिन्न राज्यमा मात्र किन कम्युनिष्ट पार्टीजस्तै नेपाल र श्रीलंकामा पनि पार्टी विस्तार गर्नुपर्ने भनी ठट्टा गरेको उल्लेख गरेका छन् ।

मुख्यमन्त्रीले एक सार्वजनिक कार्यक्रममा बोलेपछि भारतका राजनीतिक दलहरुले यसको विरोध गरेका छन् । इन्डियन नेसनल कंग्रेसका नेता राहुल गान्धीले शाहको अभिव्यक्तिले छिमेकीसँगको सम्बन्ध विग्रने भन्दै त्यसको विरोध गरेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय