शनिबार, जेष्ठ २०, २०८० | Saturday 3rd June 2023
जोडिनुहोस
Trending
भर्खरै

भारतमा बस दुर्घटना, ३७ को मृत्यु

  • सिधा दृष्टी मङ्लबार, फाल्गुन ४, २०७७ | February 16, 2021

काठमाडौं । भारतको मध्यप्रदेशस्थित सीधी जिल्लाको सतना गाउँनजिकै बस दुर्घटना हुँदा कम्तीमा ३७ जनाको मृत्यु भएको छ । भारतीय सञ्चारमाध्यमहरुले दिएको जानकारीअनुसार बस पुलबाट नहरमा खसेको हो । मंगलबार बिहान भएको यो घटनामा अहिलेसम्म सातजनाको उद्धार गरिएको छ ।

उक्त बसमा कति यात्रु थिए भन्ने अहिलेसम्म यकिन भएको छैन । अहिलेसम्म ३७ जनाको शव निकालिएको छ । अन्य मानिसको खोजी कार्य जारी रहेको अधिकारीहरुले बताएका छन् । दुर्घटना के कारणले भएको हो भन्ने खुल्न सकेको छैन । जानकारहरुले बस अनियन्त्रित

भएकाले दुर्घटना भएको हुन सक्ने बताएका छन् ।मध्य प्रदेशका मुख्यमन्त्री शिवराज चौहानले दुर्घटनाप्रति दुःख व्यक्त गर्दै उद्धार कार्य जारी राखिएको बताएका छन् । प्रत्यक्षदर्शीका अनुसार बस नहरमा खसेपछि पूर्णरुपमा डुबेको थियो । नहरको पानी खोलेपछि मात्र बसको केही भाग देखिएको थियो । मुख्यमन्त्री चौहानले मृतकका परिवारप्रति समवेदना व्यक्त गर्दै मृतकका परिवारलाई पाँच लाख राहत उपलब्ध गराउने बताएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय