शनिबार, जेष्ठ २०, २०८० | Saturday 3rd June 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • आज पनि देशका विभिन्न भागमा हल्का वर्षा र हिमपातको संभावना
भर्खरै

आज पनि देशका विभिन्न भागमा हल्का वर्षा र हिमपातको संभावना

  • सिधा दृष्टी मङ्लबार, फाल्गुन ४, २०७७ | February 16, 2021

काठमाडौँ । पश्चिम वायुको प्रभावले आज पनि देशका विभिन्न स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आगामी २४ घण्टा प्रदेश नं १, गण्डकी प्रदेश तथा सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाले विहान ६ बजे जारी गरेको तीन दिनको पूर्वानुमान वुलेटिनमा बिहीबार रातिसम्म ठाउँठाउँमा हिमपातको पूर्वानुमान गरिएको छ ।

हिमपात, वर्षा र हुस्सुले तापक्रममा सामान्य

गिरावट आउन सक्ने भएकाले जनजीवन र यातायातमा पर्न सक्ने प्रभावबाट जोगिन आवश्यक सतर्कता अपनाउनु महाशाखाले अनुरोध छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय