बुधबार, अशोज १२, २०७९ | Wednesday 28th September 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • सैन्य कु विरुद्ध प्रर्दशन चर्किएप्छि म्यानमारको सेनाले प्रर्दशनकारीलाई २० वर्ष जेल हाल्ने चेतावनी दियो
भर्खरै

सैन्य कु विरुद्ध प्रर्दशन चर्किएप्छि म्यानमारको सेनाले प्रर्दशनकारीलाई २० वर्ष जेल हाल्ने चेतावनी दियो

  • सिधा दृष्टी मङ्लबार, फाल्गुन ४, २०७७ | February 16, 2021

काठमाडौँ । सैन्य ‘कु’ विरुद्ध प्रदर्शन चर्किएपछि म्यानमारको सेनाले प्रदर्शनकारीलाई २० वर्षसम्म जेल हाल्ने चेतावनी दिएको छ ।

प्रदर्शनकारीहरूले सशस्त्र बलहरू माथि अवरोध खडा गरेमा उनीहरूले २० वर्षसम्मको जेल सजाय भोग्नुपर्ने हुन सक्ने सेनाले चेतावनी दिएको बीबीसीले जनाएको छ ।

म्यान्मारका विभिन्न सहरहरूमा हतियारसहितका गाडीहरू गुडिरहेका बेला कानून परिमार्जन पनि गरिएको सेनाले घोषणा गरेको छ ।

परिमार्जित कानुनमा अब बोलेर, लेखेर वा साङ्केतिकसहित जुनसुकै रूपमा सेनाप्रति घृणा बढाउने काम गरेको पाइए जेल सजायसहित जरिवानाको व्यवस्था गरिने उल्लेख छ।

त्यस्तै सर्वसाधारणहरूमा

डर वा अशान्ति पैदा गर्न खोजेको पाइएमा तीन देखि सात वर्षसम्म जेल सजाय हुन सक्ने सेनाले आफ्नो वेबसाइटमार्फत उल्लेख छ ।

सैन्य सरकारले पक्राउ गर्न सक्ने, खोजतलास गर्न सक्ने र मानिसहरूलाई अदालतको आदेश बिनै २४ घण्टासम्म पक्राउ गर्न सक्ने अधिकार पनि प्रत्यायोजन गरेको छ।

सेनाले प्रजातान्त्रिक नेतृ आङ सान सुकीलाई फेब्रुअरी १ मा हिरासतमा लिएर उनको सरकारलाई हटाएपछि म्यानमारमा विरोध प्रदर्शन चर्किरहेको छ ।

प्रदर्शनकारीहरूले नजरबन्दमा रहेकी नेत्री आङ सान सुकीको रिहाइ र प्रजातन्त्रको पुनर्बहालिको माग गरिरहेका छन्।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय