शुक्रबार, अशोज २१, २०७९ | Friday 7th October 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • स्पेनिस ला लिगा फुटबलमा एथ्लेटिक बिल्बाओको शानदार जित
भर्खरै

स्पेनिस ला लिगा फुटबलमा एथ्लेटिक बिल्बाओको शानदार जित

  • सिधा दृष्टी मङ्लबार, फाल्गुन ४, २०७७ | February 16, 2021

एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा एथ्लेटिक बिल्बाओले शानदार जित हात पारेको छ ।

सोमबार राति भएको खेलमा बिल्बाओले काडिजलाई ४-० गोल अन्तरले पराजित गरेको हो ।

बिल्बाओको जितमा एलेक्स बेरेनगुएरले दुई गोल गरे । युनाई लोपेज र इनाकी विलियम्सको नाममा एक एक गोल रह्यो ।

एकपक्षीय खेलमा चौथो मिनेटमा एलेक्सले गोल गर्दै बिल्बाओलाई अग्रता दिलाएका थिए । १५औँ मिनेटमा लोपेजले गोल गर्दै बिल्बाओको अग्रता दोब्बर बनाए ।

२९औँ मिनेटमा एलेक्सले व्यक्तिगत दोस्रो गोल गरेपछि बिल्बाओले पहिलो हाफमा ३-० को

अग्रता बनायो ।

दोस्रो हाफको ५२औँ मिनेटमा विलियम्सले गोल गर्दै बिल्बाओलाई ४-० को फराकिलो जित दिलाए ।

जितसँगै बिल्बाओले २२ खेलमा २८ अंकसहित तालिकाको १०औँ स्थानमा छ । १५औँ स्थानको काडिजको २४ अंक छ ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय