शनिबार, जेष्ठ २०, २०८० | Saturday 3rd June 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • संसद विघटन गरी संविधान, लोकतन्त्र र स्थायित्वमाथि प्रहार : रामचंद्र पौडेल
भर्खरै

संसद विघटन गरी संविधान, लोकतन्त्र र स्थायित्वमाथि प्रहार : रामचंद्र पौडेल

  • सिधा दृष्टी सोमवार, फाल्गुन ३, २०७७ | February 15, 2021

धादिङ - वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद् विघटनबाट नेपालको संविधान, लोकतन्त्र र स्थायित्वमाथि प्रहार भएको नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आरोप लगाएका छन् ।

संसद् विघटनको असंवैधानिक कदमको विरोधमा नेपाली कांग्रेस धादिङले आयोजनामा गरेको विरोध र्‍याली तथा सभामा बोल्दै नेता पौडेलले वर्तमान प्रधानमन्त्रीले घोषणा गरेको चुनावले कुनै पनि हालतमा स्थायित्व नल्याउने ठोकुवा गरे । पौडेलले भने, ‘झण्डै दुईतिहाइको सरकार चलाइरहेको ओलीले पार्टीभित्रको विवादका कारण संसद् भंग गरे, भएको स्थायित्वलाई कायम राख्न नसक्ने अनि स्थायित्वको लागि

चुनाव भनेर मात्रै हुन्छ ?’

प्रधानमन्त्री ओलीको स्वेच्छाचारी प्रवृत्तिले संसद् विघटन भए पनि सर्वोच्च अदालतले जनताको पक्षमा फैसला गर्ने आफूलाई विश्वास रहेको पौडेलको भनाइ थियो ।

‘नेपालको राजनीतिक घटनाक्रममा ठूला ठूला संकटबाट देशलाई सर्वोच्च अदालतले बचाएको छ । राजा महाराजाहरुका कदमलाई पनि सर्वोच्च र संसद्ले खारेज गरिदिएको छ, सर्वोच्च अदालतमा रहेका न्यायमूर्तिहरुले संविधानको पाना पाना अध्ययन गरेर प्रधानमन्त्री ओलीको दबाब र प्रभावमा नपरी अहिलेको संकटमा नेपाललाई बचाउने गरि फैसला गर्नुहुनेछ’, पौडेलले भने ।

विगतमा पटक-पटक संसद् विघटन गरेर देशलाई अस्थिरतामा धकेलेको र विकास र समृद्धिमा घाटा पुर्‍याएको तीतो यथार्थ सम्झँदै अहिले बनाएको संविधानमा प्रधानमन्त्रीलाई संसद् विघटन गर्ने अधिकार नै नदिएको पौडेलले जिकिर गरे । वर्तमान अवस्थाले कांग्रेसको काँधमा राष्टप्रतिको अझै ठूलो जिम्मेवारी थपिदिएको पनि उनले बताए ।

कांग्रेस प्रजातन्त्र, लोकतन्त्र र जनता प्रति सधैं उत्तरदायी बन्दै आएको बताउँदै नेता पौडेलले कांग्रेसका नेता कार्यकर्ता पनि जता अवसर उतै लाग्ने मात्र नभइ राष्ट्र बचाउने र बनाउने जिम्मेवारीमा रहन आग्रह गरे। नेपाली कांग्रेसले पूर्ण कार्यसमिति बसेर सर्वसम्मत संसद् विघटनको विरोधमा जाने निर्णय गरेको उल्लेख गर्दै उनले सम्पूर्ण कार्यकर्तालाई देउवा र पौडेल नभनी लोकतन्त्र र संविधानको रक्षामा उत्रिनको लागि आग्रह गरे।

विरोध सभाअघि धादिङवेशीको पुछारबजारबाट सुरु भएको र्‍याली बजारको विभिन्न भाग परिक्रमा गरी विरोध सभास्थल खुल्लामञ्चमा पुगेको थियो । सभामा सहभागी हुनको लागि धादिङका १३ वटै स्थानीय तहहरुमा कांग्रेसले कार्यकर्ता सदरमुकाममा उतारेको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय