आइतवार, जेष्ठ २१, २०८० | Sunday 4th June 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पको ट्वीटर खाता सधैंका लागि बन्द
भर्खरै

अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पको ट्वीटर खाता सधैंका लागि बन्द

  • सिधा दृष्टी सोमवार, फाल्गुन ३, २०७७ | February 15, 2021
President Donald Trump reacts before speaking at a rally at the Phoenix Convention Center, Tuesday, Aug. 22, 2017, in Phoenix. (AP Photo/Alex Brandon)

काठमाडौँ । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको ट्वीटर खाता ट्वीटरले सधैका लागि प्रतिबन्ध गरिदिएको छ ।

ट्वीटरका प्रमुख वित्तीय अधिकारीले पूर्वराष्ट्रपति ट्रम्पले अब कहिल्यै पनि ट्वीटर प्रतिबन्ध फकुवा नगर्ने बताएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

अघिल्लो महिना ह्वाइटहाउसमा ट्रम्प समर्थकलाई हिंसा भड्काउन उत्तेजित बनाएको भन्दै ट्वीटरले उनको ट्वीटर खाता प्रतिबन्ध गरेको थियो ।

हालै भएको अमेरिकी राष्ट्रपति चुनावमा हार बेहोरेपछि ट्रम्पले सामाजिक सञ्जाल ट्वीटरमार्फत हिंसालाई प्रोत्साहित गर्ने ट्वीट गरेको आरोप लागेको थियो । उनले चुनावमा धाँधली भएको दाबी गर्दै आएका छन्

अघिल्लो महिनामा ह्वाइटहाउसबाट बर्हिगर्मन हुनुअघि अमेरिकी संसद भवनमा ट्रम्प समर्थकले हिंसा मच्चाएका थिए । यही विषयलाई लिएर ट्रम्पमाथि महाअभियोग लगाइएको छ ।अमेरिकी माथिल्लो सदन कांग्रेसमा ट्रम्पमाथि महाअभियोगको प्रक्रिया चलिरहेका बेला ट्वीटरका अधिकारीले प्रतिबन्ध कहिल्यै फुकुवा नहुने बताएका हुन् ।

उनले भनेका छन्, ‘हाम्रो नीति भनेको जब तपाईं यो प्लेटफर्मबाट हटाइन्छ, तपाईं सधैँका लागि हटाइन्छ ।’

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय