सोमवार, अशोज १७, २०७९ | Monday 3rd October 2022
जोडिनुहोस
Trending
भर्खरै

कुलमानको तसर्पुमा भव्य स्वागत

  • सिधा दृष्टी आइतवार, फाल्गुन २, २०७७ | February 14, 2021

धादिङ ।  नेपाल विद्युत प्राधिकरणका पुर्व कार्यकारी निर्देशक कुलमान घिसिङलाई धादिङको थाक्रे

गाउँपालिकाको तसर्पुमा सम्मान गरिएको छ । मन्जुश्री संवत २८५७ लाङ म्हे सोनाम ल्होछारको अबसरमा आयोजना गरिएको बृहत ल्होछार सांस्कृतिक कार्यक्रम २०७७ को प्रमुख अतिथिका रुपमा आउनु भएका पुर्व कार्यकारी निर्देशक घिसिङलाई स्थानिय तामाङ समुदायका नागरिकहरुले रेड कार्पेट ओछ्याएर फुलका माला, गुच्छा दोसल्ला ओढाएर विभिन्न विद्यालयका स्काउट विद्यार्थीहरुले परेड र झन्डोलोत्तन गरेर स्वागत र सम्मान गरेका हुन् ।

थाक्रे गाउँपालिका

वडा नम्बर ४,५,७ र साङ्गे छ्योइलिङ गुम्बाको आयोजनामा भएको सोनाम ल्होछार कार्यक्रममा राष्ट्रिय तथा स्थानिय कलाकारहरुले विभिन्न प्रस्तुति राखेका थिए । सोनाम ल्होछारको अबसरमा थाक्रे गाउँपालिकाले आईतबार सार्वजनिक विदा समेत दिएको थियो ।

कार्यक्रममा लागेको व्यवस्थापन खचका लागि गाउँपालिकाले ४ लाख रुपैँया व्यहोन गाउँपालिका अध्यक्ष राम कुमार आचार्यले बताउनु भएको छ ।
थाक्रे गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष भूमि बहादुर तामाङको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल विद्युत प्राधिकरणका पुर्व कार्यकारी निर्देशक कुलमान घिसिङको प्रमुख आतित्यता, थाक्रे गाउँपालिका अध्यक्ष राम कुमार आचार्यको विशेष आतित्यता रहेको थियो ।
कार्यक्रममा थाक्रे गाउँपालिका उपाध्यक्ष अम्बिका रुपाखेती, बुद्ध दर्शन प्रबचन प्रमुख गुरु पाल्देन योञ्जन तामाङ, वडा नम्बर ४ का वडा अध्यक्ष गणेशमान वाईबा, ७ का वडा अध्यक्ष रामकुमार बस्नेत, विभिन्न समाज सेवी व्यक्तिहरु, राष्ट्रिय तथा स्थानिय कलाकार लगायत स्थानिय नागरिकहरुको सहभागिता रहेको थियो ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय